Monday 12th October 2026

रिता खरालको झरना – १


“झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म”

🌺झरना 🌺

🌹”नेपाल “🌹

१.प्यारो लाग्छ हाम्रो देश नेपाल,
सुन्दर शान्त अनि विशाल ।

२. प्राकृतिक हराभरा रमणीय स्वर्ग,
मनमोहित नेपाल हाम्रो लाग्दछ गर्व ।

३. जताकतै हरियाली प्रकृतिको धनि,
नेपालमा जन्मिएका हामी कति भाग्यमानि ।

४. गौतम बुद्ध जन्मिनु भो हाम्रै नेपालमा,
देश विदेशबाट आउँछन् कति भ्रमणमा ।

५. मठ, मन्दिर, मस्जित, चर्च छन् सबै नेपालमा,
सबै जातजाति अनि भाषाभेष मिलेकाछन् आपसमा ।

६. विश्वमा नै अग्लो छ सगरमाथा हिमाल,
नेपालको चिनारी बनेको छ विशाल ।

७. विकाससिल देश भए पनि छ बिशाल,
आहा! कति प्यारो छ हाम्रो देश नेपाल ।

८ .विश्वसामु नझुकेका गोर्खाली छन् सान,
गोरखकाली दरबार नेपालमा छ जान ।

९. मर्न परे पनि नडराई डटेर सामना गर्ने,
नेपाली छन् नेपालमा किन डर मान्ने ।

१०. सानो सानो देश भए पनि हाम्रो नेपाल ,
अति सुन्दर हराभरा प्राकृतिको धनि छ विशाल ।

🌷रिता खराल , रुपन्देही 🌷


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...