Monday 19th January 2026

इन्द्र बोन्तावा ‘देवा’ को रचना “नाैलो यात्रा”


नौलो यात्रा

हावासरि उडिरहेछ मन सकिन बाध्न मैले ,
कपुर झै बिलाइरहेछ जिन्दगी अन्त हुने कैले ।

उराठ जिन्दगीमा रसरङ्ग अाउने मेरो कैले ,
मनको फुलबारीमा रिम्झिम वर्षा हुने कैले ।

जिन्दगीभरी संघर्ष गरें सफल हुने कैले ,
लक्षबिन्दुमा पुग्ने उदेश्य पूरा हुने कैले ।

भावनाको सागर माझ बाटो हरायो पहिले ,
लुप्त भएछ मानवीय चेतना थाहा पाए अहिले ।

थाल्नुछ यात्रा नौलो कस्नुछ कम्मर मैले ,
बाल्छु ज्योति ज्ञानको, बनाउछु सार्थक मैले ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...