Monday 12th October 2026

वैद्यनाथ ठाकुरको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना = १० झर
**
१
वर्गीय समाजमा वर्गीय माया हुन्छ
वर्गीय घृणा तथा वर्गीय छाया हुन्छ !!

२
सबैको प्रिय हुन कहिल्यै सकिदैन
सबैको मुटु छुन कहिल्यै सकिँदैन !!

३
बाख्रा बाघ एउटै हुनै सक्दैन
जेठ माघ एउटै हुनै सक्दैन !!

४
वर्ग समन्वय शोषकको चाल हो
महल समृद्ध झुपडी कंगाल हो !!

५
कोही हुने कोही नहुने होइन समानता
बराबरी भाग कहिले लगाउँदैन समता !!

६
ठगेर झुपडीको भाग खान्छ महलले
आफुलाई भाग्यशाली ठान्छ महलले !!

७
सितिमिति बुझिदैन शोषकको जाल
धर्म संस्कृतिको नाममा पार्छ कंगाल !!

८
विकृतिलाई संस्कृति ठान्छन्
स्वर्ग नर्क भाग्य पुर्वजन्म मान्छन् ।।

९
विज्ञानको तथ्यले गर्दैनन् ज्ञानमा सुधार
धार्मिक अन्धविश्वास दिन्छन् उपहार !!

१०
चन्दा दान पुजाले पाप काट्न खोज छ
भ्रष्टाचारको रुपैयाँले जीवनभर मोज छ !!

वैद्यनाथ ठाकुर
वीरगन्ज
२०७८/०३/०२/०४


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...