Friday 20th March 2026

आफन्तका ५ पञ्चाङ्ग


“पञ्च तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
१,
भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन्
साच्चै भगवानको, मन्दिर कहाँ छन्
स्वतन्त्रताको आभाष, हरायो साथी
वारपार गरायौ,’लकिर’ कहाँ छन्
बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!!

२,
नमिठै भए’नि, बात मिठा
अँधेरै भए’नि, रात मिठा
खै केछ उनमा, थाहा छैन
सहेरै भए’नि, घात मिठा
बेहोशै भए’नि मात मिठा !!

३,
जिन्दगी झुर, सपना चकनाचुर भएको बेला
नबोलाओ है मलाई, म एकसुर भएको बेला
म जस्तो छु जहाँँ छु, नबिथोल ए आफन्त मलाई
बिनै गल्ती सजायं,, मुटु थुरथुर भएको बेला
कसम यो छातीमा आगो, हुरहुर भएको बेला !!

४,
नास्तिक भएछु म, राम बाट भरोशा हरायो
आखिर के रहेछ, दामबाट भरोशा हरायो,
वा तेरो त नामैमापनि, क्या दम छ यार भने
आज त झनै आफ्नै, नामबाट भरोशा हरायो
छुनै छाड्यो नशाले, जामबाट भरोशा हरायो !!

५,
घरीघरि रिसाउने उनको, बानी मन पर्‍यो
रिशमा आँखाबाट बगाउने, पानी मन पर्‍यो
मन परेपछी पर्‍यो पर्‍यो, मनै त हो रहेछ
यो प्रेम हो जहाँ फाईदा हैन, हानी मन पर्‍यो
साँच्चै राजकुमारी भन्दा धेरै, रानी मन पर्‍यो।।

—–
श्रीभक्त पौडेल’आफन्त’
सान सेबास्टियन, पाईसभास्को
स्पेन।।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...