Monday 19th January 2026

आफन्तका ५ पञ्चाङ्ग


“पञ्च तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
१,
भेटिदैन मान्छेकै, तक्दिर कहाँ छन्
साच्चै भगवानको, मन्दिर कहाँ छन्
स्वतन्त्रताको आभाष, हरायो साथी
वारपार गरायौ,’लकिर’ कहाँ छन्
बन्धनमा छौं सधैं,जन्जिर कहाँ छन्!!

२,
नमिठै भए’नि, बात मिठा
अँधेरै भए’नि, रात मिठा
खै केछ उनमा, थाहा छैन
सहेरै भए’नि, घात मिठा
बेहोशै भए’नि मात मिठा !!

३,
जिन्दगी झुर, सपना चकनाचुर भएको बेला
नबोलाओ है मलाई, म एकसुर भएको बेला
म जस्तो छु जहाँँ छु, नबिथोल ए आफन्त मलाई
बिनै गल्ती सजायं,, मुटु थुरथुर भएको बेला
कसम यो छातीमा आगो, हुरहुर भएको बेला !!

४,
नास्तिक भएछु म, राम बाट भरोशा हरायो
आखिर के रहेछ, दामबाट भरोशा हरायो,
वा तेरो त नामैमापनि, क्या दम छ यार भने
आज त झनै आफ्नै, नामबाट भरोशा हरायो
छुनै छाड्यो नशाले, जामबाट भरोशा हरायो !!

५,
घरीघरि रिसाउने उनको, बानी मन पर्‍यो
रिशमा आँखाबाट बगाउने, पानी मन पर्‍यो
मन परेपछी पर्‍यो पर्‍यो, मनै त हो रहेछ
यो प्रेम हो जहाँ फाईदा हैन, हानी मन पर्‍यो
साँच्चै राजकुमारी भन्दा धेरै, रानी मन पर्‍यो।।

—–
श्रीभक्त पौडेल’आफन्त’
सान सेबास्टियन, पाईसभास्को
स्पेन।।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...