Saturday 27th December 2025

कुवेतमा घरेलु कामदारहरू बिना खोप प्रवेश गर्न पाउने


तितोपाटी- कुवेतमा घरेलु कामरदारहरू बिना खोप आउन पाउने भएका छन।

घरेलु श्रम कार्यालय युनियनका अनुसार घरेलु कामदारहरूलाई कुवेत मंत्रिपरिषदले खोप नलगाएका घरेलु कामदारहरुलाई कुवेत प्रवेशमा अनुमती दिने निर्णय गरेको छ।

यसअघि मन्त्रिपरिषदले घोषणा गरेअनुसार आगामी १ अगस्टदेखि कुवेतमा प्रवेश गर्ने आप्रवासी सबैलाई खोप अनिवार्य लगाउनु पर्ने बताए पनी, घरेलु श्रम मन्त्रालय युनियनद्वारा आज जारी स्पष्टीकरणमा घरेलु कामदारहरुलाई भने खोप बिना पनी कुवेत प्रवेश गर्न दिइने बताएको छ।

त्यस्तै कुवेत प्रवेशको लागी अन्य आप्रवासीहरुले भने खोप अनिवार्य लगाउनु पर्ने कुवेत मन्त्रिपरिषद्ले जानकारी दिएको छ।

खोप लगाई कुवेतमा प्रवेश गर्ने आप्रवासीहरुले ७ दिनसम्म आफ्नो निवासमा क्वारेन्टाइन बस्नुपर्नेछ, यदि पीसीआर परीक्षण परिणाम नकारात्मक छ भने संगरोध अवधि समाप्त संगै नियमित काममा फर्किन सकीने छ भने कुवेत सराकरद्वारा निर्देशित खोपहरू प्राप्त गरेका प्रवासीहरूले विदेश यात्रा गर्न र स्वास्थ्य आवश्यकता अनुसार फर्कन सक्नेछन्।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...