Sunday 22nd February 2026

कुवेतमा घरेलु कामदारहरू बिना खोप प्रवेश गर्न पाउने


तितोपाटी- कुवेतमा घरेलु कामरदारहरू बिना खोप आउन पाउने भएका छन।

घरेलु श्रम कार्यालय युनियनका अनुसार घरेलु कामदारहरूलाई कुवेत मंत्रिपरिषदले खोप नलगाएका घरेलु कामदारहरुलाई कुवेत प्रवेशमा अनुमती दिने निर्णय गरेको छ।

यसअघि मन्त्रिपरिषदले घोषणा गरेअनुसार आगामी १ अगस्टदेखि कुवेतमा प्रवेश गर्ने आप्रवासी सबैलाई खोप अनिवार्य लगाउनु पर्ने बताए पनी, घरेलु श्रम मन्त्रालय युनियनद्वारा आज जारी स्पष्टीकरणमा घरेलु कामदारहरुलाई भने खोप बिना पनी कुवेत प्रवेश गर्न दिइने बताएको छ।

त्यस्तै कुवेत प्रवेशको लागी अन्य आप्रवासीहरुले भने खोप अनिवार्य लगाउनु पर्ने कुवेत मन्त्रिपरिषद्ले जानकारी दिएको छ।

खोप लगाई कुवेतमा प्रवेश गर्ने आप्रवासीहरुले ७ दिनसम्म आफ्नो निवासमा क्वारेन्टाइन बस्नुपर्नेछ, यदि पीसीआर परीक्षण परिणाम नकारात्मक छ भने संगरोध अवधि समाप्त संगै नियमित काममा फर्किन सकीने छ भने कुवेत सराकरद्वारा निर्देशित खोपहरू प्राप्त गरेका प्रवासीहरूले विदेश यात्रा गर्न र स्वास्थ्य आवश्यकता अनुसार फर्कन सक्नेछन्।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...