Wednesday 8th October 2025

ग्लोबल एनआरएन सिंगिङ आइडलको ग्राण्ड फिनाले सेप्टेम्बर १७ मा हुने


तीतोपाटी डटकम-दोहा,गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रको क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल २०२१ को नयाँ तालिका सार्वजनिक भएको छ।एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी नयाँ तालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको हो।

गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर भएको बताए।

यस्तो छ परिमार्जित कार्यक्रम

-एनआरएन आइडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ। जसअन्तरगत अन्तरा राउण्ड सन् २०१२ को जुन २५ मा हुने छ।
-यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन्, यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरू बाहिरिनेछन्, रेग्मीले भने, बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन्।
-सारेगम राउण्ड जुलाई २ मा हुने छ। यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन्। रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन्। बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउण्डमा प्रवेश पाउने उनले बताए।
-पियानो राउण्ड जुलाई ९ मा हुनेछ। यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन्। पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन। प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ, उनले भने।
गाला राउण्डलाई ३ चरणमा बाँडिने एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले बताए। प्रथम गाला राउण्ड अगस्ट ६ मा हुने छ।
-यस राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्, संयोजक गुरुङले भने।
-दोस्रो गाला राउण्ड १३ अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने गुरुङले बताए। बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्, उनले भने।
-तेस्रो गाला राउण्ड २० अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने आयोजकले बताए। बाँकी १५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन्, गुरुङले भने।
सेमी फिनाले राउण्ड

सेमी फिनाले राउण्ड ३ सेप्टेम्बरमा हुनेछ। अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, १० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउनेछन्, संयोजक गुरुङले भने।ग्राण्ड फिनाले राउण्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताए। ‘फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोहरु बाहिरिने छन्।
ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने छ, रेग्मीले भने।

ग्राण्ड फिनाले १७ सेप्टेम्बर, २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले बताए। ग्राण्डमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना पहिलो राउण्डबाट बाहिरिने छन्। ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने रेग्मीले बताए।
नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन्।

प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन्। द्वितीय पुरस्कार चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ तय गरिएको छ।

पत्रकार सम्मेलनमा कसले के भने?

ग्लोबल एनआरएन सिंगिङ आइडलको नयाँ तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले नेपाली कला, संस्कृति र संगीतलाई विश्वभरि परिचित गराउनका लागि नै एनआरएनएले यस किसिमका कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
सचिव शर्माले नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरूले सांगीतिक यात्रालाई जोगाइराखेकाले अब एनआरए आइडलमार्फत् विश्वलाई देखाउन सक्ने बताए।
त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्री, संघका सल्लाहकारद्वय टिबी कार्की र सोम सापकोटा तथा एनआरएनएकी मानार्थ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य याश्मिन बेगम लगायतले ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजनाले गैरआवासीय नेपालीहरूको कला र सांगीतिक जीवन अघि बढाउन सहयोग पुर्‍याउने बताए।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...