Monday 12th October 2026

एकैसाथ चार सर्जकका टुक्काहरू


टुक्काहरू

१.
पुर्खाले आर्जेको नासो,
आज किन भयो पासो।
२.
गहको आँसुले छाती किन रून्छ,
तिखो वचनले झन् मुटुमा छुन्छ।
३.
म धागो बन्छु बनिदेउ तिमी सियो,
नत्र तेल सकेपछि त निभ्छ दियो।
४.
फूलमा फूल गाँसे सुन्दर माला बन्छ,
वचनको वाणले छातीमा भाला खन्छ।
५.
भेटेको थिएँ उसलाई हिजो खोकनामा,
कसरी पो आएछ आज राती सपनामा।
६.
मेरो बदनामी तिम्रो बाध्यता थियो कि रहर,
हिजो रमझम आज सुनसान भयो प्रहर।
७.
दैनिकी बित्छ ढुङ्गा फोडी सुन्दर मुर्ती बनाउँदा,
चित्त दुख्छ मन्दिरमा प्रवेश निषेध गराउँदा।
८.
सागर झैं तिम्रो आँखामा डुबी दिन्छु सजाउनु,
काँडा बनेर अल्झिएमा आँसु संगै बगाउनु।
९.
चढाई रहेछु शहीदको सम्झनामा श्रध्दाको फूल,
तिम्रो बलिदानी आज किन भयो देश रोयको भुल।
१०.
अजम्बरी होईन मानिसको चोला फेरी पनि घमण्ड,
भोली के हुन्छ कसलाई थाहा होला किन किन उदण्ड।

– शरद प्रधानाङ्ग,विराटनगर-७, माेरङ

टुक्का कविता

/१/
सिंहदरबारमा मच्चिएको भाँड भैलो,
कुर्सी पाइनँ भन्दै भएको छ मन मैलो।
/२/
कोरोनाले देश आक्रान्त भएको बेला,
गर्दै छन यि नेताले कार्यकर्ताको भेला।
/३/
कतिन्जेलसम्म चलिरहन्छ राजनीतिको खेल,
जनता आजित भईसके कहिले हुने हो मेल?
/४/
देश चलाउने पावर शक्तिको आडमा,
कानुन मिचेर खुट्टाले टेक्दै छ ढाडमा।
/५/
ठुला बडाले जे गरे पनि हुने,
गरिबले न्याय माग्दा सधै रुने।
/६/
राजतन्त्र र प्रजातन्त्र फालेर गणतन्त्र आयो ,
गरिब जनताको बलिदानले अहिले के पायो।
/७/
हुने खानेहरुकै लागी भयो गणतन्त्र,
निमुखा जनतालाई भएन मुल मन्त्र।
/ ८/
कोरोनाको बहानामा भष्टाचार मौलाएको,
बिपत्तिको यो घडीमा खै किन हो बौलाएको।।
/९/
काम नगरि खान पुग्दैन निस्किउँ कोरोना सर्ने,
घर भित्रै बसी रहु त पेटलाई कसरी भर्ने।।
/१०/
मनमा ठुलो पीरको भारी,
दुःख गर्नु पर्ने जिम्मेवारी।।

…✍️राम रावल सागर
अत्तरिया कैलाली

टुक्का


१
तिमी मेरै जीवन भन्न खोज्दा,
आँसु झर्यो पराईलाई रोज्दा।

२
तिम्रा यादहरू मुटुमा साचुला,
पिडा दिएनी हाँसेर बाचुला।

३
बधाई छ धेरै मलाई भुल्यौ,
खुसी हुनु है अन्त जहाँ फूल्यौ ।

४
कुनै दिन त प्रशंसा गर्यौ धेरै,
आज कुरा काट्दै हिँड्यौ नि मेरै।

५
कुरा गर्यौ नि अनेकौं मोडेर,
धोकेवाज गयौ आज छोडेर ।

६
जाले रुमाल जात्रामा साटेको,
तिमीले नै माया गाँस्न आटेको ।

७
बनाउला सोचे जीवन साथी,
गर्यौ आखिर घात नै मै माथि ।

८
हान्यौ नि मुखमा तिमीले छुरा,
सोचेको सपना सबै होस् पूरा ।

नाम••कान्छी बिनिता विश्वकर्मा
ठेगाना ••बाजुरा

टुक्का

१
चुइने छानो भत्क्यो रे कठै पानि परेपछी,
मन कठोर हुदैन उस्को आँसु झरेपछी।
२
फेर्न पायन जिउँदै छदा फाटेको त्यो जामा,
प्रदेशमा छ छोरा कठै घर मा बुढी आमा।
३
बर्खा को समय आयो भिर तिर छ घर,
पहिरो आउन्छ कि कतै सारै लाग्छ डर।
४
दुरि हाम्रो धेरै टाढा माया छ गहिरो,
बलौटे माटो छ उता जान्छ कि पहिरो।
५
दु:ख पर्दा आफन्त नै हेर्ने गर्छन राम,
पेट पाल्नु मुस्किल भाछ केही छैन काम।
६
पागल जस्तै डुलि रहे बिग्रे पछि तक्दिर,
आमा नै हुन भगवान घर मेरो मन्दिर।
७
उनी बाहुन म हु छेत्री कोहि बने कामी,
काम अलग होला बरै यौटै हुनि हामी।
८
चर्चा उन्कै आउन्छ आखिर जस्को भयो नोट,
कुर्ची पाय खुसी हुने नेता लगायर कोट।
९
गर्नु तिमी राम्रो काम मा अनेक इच्छा चाहना,
देश खोक्रो बनाइ सकेउ कति गर्छौ बाहना।
१०
यत्ती भन्दै बिदा हुन्छु बाइ छ सुभकामना,
टुक्का काब्य परिवार को चलाउनु नामना।
…….👆️राजेन्द्र बोहरा आँसु
बझाङ


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...