Monday 12th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २५


गजल
###
दिलभित्र लुकाएको तस्बिर झिकी छुन्छ्यौ अरे ।
बितेका पल सम्झिएर भक्कानिदै रुन्छ्यौ अरे ।

जिन्दगीको सारा खुशी, एक- एक गरि लुटेपछी,
छिनछिनमा होस गुमाइ,पागल जस्तै हुन्छ्यौ अरे।

फुटेको यो मेरो कर्म, कस्ति म अभागी भनी,
पलपल झर्ने ती आँशुले, पिडाहरु धुन्छ्यौ अरे।

हाँसोहरु बन्धक राखी स्वतन्त्र त्यो जिवनलाई,
बाध्यता भइ पिंजडा मै सधैँ भरी थुन्छ्यौ अरे।

जस्ले जति सम्झएनी, किन आजभोलि तिमी,
खरानीको डोरी बाट्ने,अझै सपना बुन्छ्यौ अरे।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी दोलखा।
(रचना: २०७८/३/२ बुधबार)


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...