Monday 12th October 2026

मिलन के. सी.(थापा)को झरना – १


” झरदेखी झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”

झरना(१० झर)- नारी वेदना

१
लेख्न मन लाग्यो नारी वेदना
बुझ्ने कसले हो खै उनको भावना ।

२
२१ औं शताब्दीमा पनि कस्तो विचित्र
अपहेलित र तिरस्कृत नारी घरभित्र ।

३
सुन्न नसकिने अनौठो समाचार
प्रत्येक पलमा नारी बलात्कार ।

४
भाषण गर्छन् छोरीको अधिकार र शान
उनैले गर्छन् बुहारीलाई सधैं अपमान ।

५
चाहन्छन छोरी सुखमा रहेको
फेरि बुहारी किन अपमान भएको ।

६
नारीले नै नारीको तिरस्कार नगर्नु
उनकै निम्ति लड्न पछि नपर्नु ।

७
हजारौं गल्तिहरु सहजै सहेर
नारी हिंड्छिन भावमा बहेर ।

८
बोलेमा त उत्ताउलि भन्छन्
नबोलेमा लाटि भन्छन् ।

९
कतै नारीलाई सुख छ त कतै खेलौना छ
कतै अमूक बसी उनको बिलौना छ ।

१०
घर व्यवहार,बच्चा जागीर पनि छ
आजकल नारीलाई झन् धेरै बोझ छ ।

🖋️ मिलन के. सी.(थापा), पोखरा

झर
२ पङ्तिको गहन काव्यिक अभिव्यक्तिलाई झर भनिन्छ । छोटो र खँदिलो हुने भएकोले यस प्रति पाठकहरुको उच्च आकर्षक रहेको पाईन्छ । एक सुक्ष्म कविताको रूपमा मनमा दीर्घकालीन प्रभाव पार्न सक्नु यसको विशेषता हो । नेपाली माटोमा २०७७ जेठ ३ गतेदेखि प्रारम्भ गरिएको झरको प्रवर्द्धनका लागि तितेपाती अनलाइनले नियमित रूपमा प्रकाशन गरी मद्धत गरिरहेको छ । -सम्पादक


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...