Saturday 31st July 2021

आर्त अकुलीनको गजल संग्रह – २


गजल
++++

भुसको आगो झैं बल्दैछन् कसरी ?
आरिसले मान्छे जल्दैछन् कसरी ?

आफ्नो मानिस आफ्नो हो भन्थे ,
तिनै आफन्तले छल्दैछन् कसरी ?

केही गर्न नसकेर यो संसार सामु ,
पछुतोको रापमा गल्दैछन् कसरी ?

कहिले एउटा सिन्को नभाँच्नेहरू ,
आँधी बेहेरीबिच ढल्दैछन् कसरी ?

मनका घाउहरू देखेर ‘आर्त’लाई ,
सोधेनन् दैनिकी चल्दैछन् कसरी ?

…✍️ आर्त अकुलीन
लम्कीचुहा-२, देवाश्रम, कैलाली


Loading...
सम्बन्धित शीर्षकहरु

तीतोपाटी डटकम-पूर्व युवराज पारस शाहले प्रहरीलाई दुर्व्यवहार गरेका छन् । शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल हाँकेका शाहलाई प्रहरीले रोकेर…

साउने शीत ( १ पुष्प = १२ शीत) वर्ष दिन चाड हर्ष । १। कर्क राशी हामी साक्षी ।२। चौथो…

तीतोपाटी - अल मुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि एक्सचेन्जको ११५ औं शाखाको शुभारम्भ भएको जनाएको छ ।…

प्रतिकृयाहरू