Monday 1st June 2026

आर्त अकुलीनको गजल संग्रह – २


गजल
++++

भुसको आगो झैं बल्दैछन् कसरी ?
आरिसले मान्छे जल्दैछन् कसरी ?

आफ्नो मानिस आफ्नो हो भन्थे ,
तिनै आफन्तले छल्दैछन् कसरी ?

केही गर्न नसकेर यो संसार सामु ,
पछुतोको रापमा गल्दैछन् कसरी ?

कहिले एउटा सिन्को नभाँच्नेहरू ,
आँधी बेहेरीबिच ढल्दैछन् कसरी ?

मनका घाउहरू देखेर ‘आर्त’लाई ,
सोधेनन् दैनिकी चल्दैछन् कसरी ?

…✍️ आर्त अकुलीन
लम्कीचुहा-२, देवाश्रम, कैलाली


सम्बन्धित शीर्षकहरु

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा समता शुल्क नामक नयाँ कर लागू गरेको छ, जसअनुसार निजी तथा आवासीय शिक्षण…

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा…

रुसले तालिबान नेतृत्वको अफगानिस्तानसँग सैन्य–प्राविधिक सहकार्य सम्झौता गरेपछि दक्षिण एशियाको शक्ति सन्तुलनबारे नयाँ बहस सुरु भएको छ। अफगानिस्तानका कार्यवाहक रक्षामन्त्री…

प्रतिकृयाहरू
...