Thursday 18th September 2025

आर्त अकुलीनको गजल संग्रह – २


गजल
++++

भुसको आगो झैं बल्दैछन् कसरी ?
आरिसले मान्छे जल्दैछन् कसरी ?

आफ्नो मानिस आफ्नो हो भन्थे ,
तिनै आफन्तले छल्दैछन् कसरी ?

केही गर्न नसकेर यो संसार सामु ,
पछुतोको रापमा गल्दैछन् कसरी ?

कहिले एउटा सिन्को नभाँच्नेहरू ,
आँधी बेहेरीबिच ढल्दैछन् कसरी ?

मनका घाउहरू देखेर ‘आर्त’लाई ,
सोधेनन् दैनिकी चल्दैछन् कसरी ?

…✍️ आर्त अकुलीन
लम्कीचुहा-२, देवाश्रम, कैलाली


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...