Monday 31st August 2026

टहल आचार्यको गजल संग्रह – १८


गजल
ससुराली मावलीको दाइजो सरी पाए देश ।
पालोफेरो गरी गरी निकम्बाले खाए देश ।

स्वर्ग जस्तो रामराज्य कतै देख्न पाईन्थ्यो कि,
मनमोहन, महेन्द्र र बि .पी . फेरि आए देश ।

निरङ्कुश नीतिकानुन करको त्यो दायरामा,
जनतालाई जुवा हाली दाँदे भास्दै साए देश ।

बनाएका ठुला ठुला घर महल छाउनलाई,
भत्काएर सुनको छाना परालले छाए देश ।

आफ्नो स्वार्थ पूरा गर्न सम्झौता र सन्धीबाट,
पराईलाई ऋण पैँचो ठेकी ब्याजमा लाए देश ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…

नेपालका बाढी प्रभावित तीन जिल्लामा कम्तीमा १९ विद्यालय प्रभावित भएका छन्। शिक्षा मन्त्रालयका अनुसार ९ विद्यालय पूर्ण रूपमा ध्वस्त भएका…

रवि लामिछानेले आफ्नै पार्टीका सांसदहरूलाई सार्वजनिक विपत्तिको समयमा प्रचारबाजी र स्टन्टभन्दा जिम्मेवार व्यवहार गर्न चेतावनी दिएका छन्। रास्वपाले आफूलाई पुराना…

प्रतिकृयाहरू
...