Monday 12th October 2026

नानीमाया सुनुवार ‘नामासु’ को झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१)
भित्रभित्रै कति रेट्छौ रेट छुरा
कहाँ हुन्छ अधुरो सपना पुरा !
२)
जिन्दगीको सवाल खेर जान्छ र
मर्ने काल नआई कालले लान्छ र !
३)
राष्ट्रियता हरायो नेता डराएन
भ्रष्टाचार अहिलेसम्म हराएन !
४)
कोपिला पनि फूल हो हेला नगर
विश्वास गर्‍यो भन्दैमा भर नपर !
५)
सम्झना आउँदैछ घरिघरि किन
बिर्सनु भन्छु बिर्सेर जानै सक्दिन !
६)
खोलिने गर्छ एकातिर पोल फेरि
समाज बस्दछन् दुःखमा नहेरि !
७)
बगाउन देऊ श्रमको पसिना धेरै
माटोमा मिल्नु पर्दछ क्रीडा सहेरै !
८)
घाम आउँथ्यो आगन्‌मा बादल नभए
वर्षात कहाँ हुन्छ बादल फाटी गए !
९)
मुटु तिम्रो मेरो लागि सुम्पिएर छोड्यौ
अनायास‌ै हाम्रो चोखो माया पनि तोड्यौ !
१०)
नहुनुथ्यो भई सक्यो अब कसो गर्ने
पहिले भन्थ्यौँ दुईसँगै बाँच्ने र मर्ने !

-नानीमाया सुनुवार”नामासु”
उदयपुर


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...