Monday 14th July 2025

आवेश मिश्रको गजल संग्रह – १


तक्दिरमा नभएकी तिमी तस्विरमा भएर के गर्नु ।
जवानी मै चुँडिएको फुल मन्दिरमा भएर के गर्नु ।।

छ न त छनि जति पनि सुख सयल मोज मस्ती
जंगलमा हुनुपर्ने बाघ जन्जिरमा भएर के गर्नु ।

जित्दैन कछुवाले खायो दौडमा मास्टर साहेब
नसिकाउनुहोस् वाहियात कुरा नजिरमा भएर के गर्नु ।

निष्ठुरीकै कै यादमा धड्की रहने, डाक्टर साहेब
झिकिदिनुस् यो मुटु मेरै शरीरमा भएर के गर्नु ।

आवेश मिश्र, फर्पिङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...