Thursday 15th January 2026

बहराइनले नेपाली कामदारलाई नलिने


तीतोपाटी डटकम-मान्मा। बहराइनले नेपाली कामदार नलिने भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो।

उसले कोरोना संक्रमणको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

‘रेड लिस्ट’ मा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भियतनाम रहेका छन्। नेपाललाई २४ मेमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। भियतनामबाहेक अन्य देशलाई पनि सोही दिन ‘रेड लिस्ट’ मा समावेश गरिएको हो।

भियतनामलाई १ जुनमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। विभागले केही समयका लागि यो नियम लागु गरेको हो।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...