Tuesday 27th October 2026

जर्मनीले पहिलो व्यावसायिक रकेट ‘स्पेक्ट्रम’ को सफल प्रक्षेपण गर्यो


जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको एन्डोया स्पेसपोर्टबाट उडाइएको हो।

यो रकेटले पाँच साना उपग्रह तथा नयाँ अन्तरिक्ष प्रविधि परीक्षण गर्ने उपकरणहरू अन्तरिक्षमा पुर्‍याएको कम्पनीले जनाएको छ। यसअघि १८ महिनाअघि गरिएको पहिलो प्रयास असफल भएको थियो।

युरोपेली संघले यस सफलतालाई अन्तरिक्ष क्षेत्रमा युरोपको स्वतन्त्र पहुँचका लागि महत्वपूर्ण उपलब्धि भएको बताएको छ। कम्पनीले अब वार्षिक ४० वटासम्म रकेट प्रक्षेपण गर्ने लक्ष्य लिएको छ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...