Wednesday 24th April 2024

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १२


तिमीले माया गर्दा गर्दै छुट्टिएँ तिम्रै लागी ।
बिहानदेखी साँझसम्म खुटिएँ तिम्रै लागी ।

समयले खेल बनायो वा आफन्त कै झेल
जसरी भएनी काममा जुटिएँ तिम्रै लागी ।

प्रेमको सन्धी भयो दिलमा चोट पर्दा पनि
अस्मिताको पराकाष्ठामा लुटिएँ तिम्रै लागी ।

हाम्रो सपना साकार बनाउन लागेकै थिएँ
अन्धो समाजको अगाडी घुँटिएँ तिम्रै लागि ।

कहिले राम्रोमा गनि दिन्छौ कहिले नराम्रो
तैपनि समाजको अघि कुटिएँ तिम्रै लागि ।

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हाल:- युगाण्डा कम्पाला .


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...