Saturday 25th May 2024

अग्नि सुनुवारका पाँच मुक्तकहरू


१)
गर्न पनि केही सकिएन, सडकमै बास छ जिन्दगी ।
छैन कुनै परिवर्तन उही पुरानो एकनास छ जिन्दगी ।
जहाँ लिए होलान् मिठो स्वाद ती हुने खाने जतिले
हुँदा खाने हाम्रो त यहाँ सधै आधा गाँस छ जिन्दगी ।

२)
जिन्दगीमा चाहे जस्तो, रंग आएन ।
उसको मेरो बिचमा, उमंग आएन ।
नगरेको हैन मैले जीवनमा कोसिस
म आफुलाई मिलाउने, ढंग आएन ।

३)
उसको निम्ति एउटा बोट फूल रोपेको ।
मुना टिपी दिन्छन् भनी हूँ नि छोपेको ।
हेर संसारकै नमूना फुल्यो सुन्दर फूल
र त! मैले उसको र मेरो नाम खोपेको ।

४)
मर्न त अरु नै रोगले नि मरेका छन कोरोना दोषी भयो ।
एक पछि अर्को लहर आयो र झन कोरोना दोषी भयो ।
यत्रतत्र सर्वत्र उधुम मचायो कोभिड उन्नाइस यो जातले
स्वासप्रस्वास नै रोकी मरे सारा जन कोरोना दोषी भयो ।

५)
अब हामी धरहरामा चढी हेर्नू पर्छ ।
के के भए विकासहरु पढी हेर्नू पर्छ ।
रानीपोखरी रेल तेल मेलम्ची आयो
हामीले त त्यो भन्दा बढी हेर्नू पर्छ ।

🔥🔥🔥🔥🔥🔥🔥🔥🔥
अग्नि सुनुवार-अबसु , सिन्धुली


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रका विवेकी खरीददारहरू बीचको रोजाइको खुद्रा विक्रेताले, 'लुलु वर्ल्ड अफ ब्यूटी' प्रवर्द्धन सुरु गर्‍यो जसले सौन्दर्य उत्साहीहरू…

सहकारीका बचतकर्ताको रकम अपचलनको आरोप लागेका शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले…

कुवेत, २४ मई,२०२४, आन्तरिक मन्त्रालयले सडक सुरक्षा अभिवृद्धि गर्न र लापरवाह सवारी चलाउनेलाई नियन्त्रण गर्न ट्राफिक नियम उल्लङ्घन गर्ने जो…

प्रतिकृयाहरू
...