Tuesday 22nd September 2026

कुवेतको जाबेर अल अहमद रंगशालामा नेपाल आज अष्ट्रेलियासँग खेल्दै


तितोपाटी- विश्वकप तथा एसियन कप फुटबल छनोटअन्तर्गत आज राति नेपाल र अस्ट्रेलियबीच खेल हुँदै छ । कुवेतको समयअनुसार आज राति ७ बजे देखी खेल सुरु हुने छ । कुवेतमा जारी प्रतियोगितामा नेपालले एक खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ ।

बलियो मानिएको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने योजनामा नेपाली फुटबल टोलिको छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेल्ने शैली सुधार भएको र अस्ट्रेलियाविरुद्ध राम्रो खेल्ने जनाएका छन् । समूह चरणका ६ खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियाले १८ अंक जोडेको छ । आज नेपाललाई पराजित गरे अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्ने छ । यता ६ अंक जोडेको नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना नरहे पनि एसियन कप छनोटको अर्को चरणमा प्रवेश गर्ने प्रयासमा हुने छ ।


सम्बन्धित शीर्षकहरु

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

प्रतिकृयाहरू
...