Thursday 25th April 2024

कुवेतको जाबेर अल अहमद रंगशालामा नेपाल आज अष्ट्रेलियासँग खेल्दै


तितोपाटी- विश्वकप तथा एसियन कप फुटबल छनोटअन्तर्गत आज राति नेपाल र अस्ट्रेलियबीच खेल हुँदै छ । कुवेतको समयअनुसार आज राति ७ बजे देखी खेल सुरु हुने छ । कुवेतमा जारी प्रतियोगितामा नेपालले एक खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ ।

बलियो मानिएको अस्ट्रेलियाविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने योजनामा नेपाली फुटबल टोलिको छ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेल्ने शैली सुधार भएको र अस्ट्रेलियाविरुद्ध राम्रो खेल्ने जनाएका छन् । समूह चरणका ६ खेलमा शतप्रतिशत जित निकालेको अस्ट्रेलियाले १८ अंक जोडेको छ । आज नेपाललाई पराजित गरे अस्ट्रेलिया विश्वकप छनोटको अर्को चरणमा प्रवेश गर्ने छ । यता ६ अंक जोडेको नेपाल भने विश्वकप छनोटमा अघि बढ्ने सम्भावना नरहे पनि एसियन कप छनोटको अर्को चरणमा प्रवेश गर्ने प्रयासमा हुने छ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...