Sunday 5th May 2024

सुजिता के. सी. को झरना – २


“झरदेखि झरनाम्म, हाम्रो यात्रा सागरसम्म”
झरना (दश झरहरू)

१. देशको भार बोक्न खोज्ने
कर्तव्यको बाटो नरोज्ने ।

२. आफूलाई भगवान ठान्ने
धर्मलाई व्यवसाय मान्ने ।

३. दुनियाँमा किर्ति कमाउने चाहाना
काम गर्नु परे हुन्छ बाहाना

४. धैर्यताको परेको छ खाँचो
सबै झुटो छ देखिन्न केही साँचो ।

५. फोटो खिचाएर ख्याती कमाउने
समाज सेवा भन्दै आफू रमाउने ।

६. कुरा हुन्छ ठूलो काममा हिम्मत हार्छन्
हामी जस्तालाई त अलपत्रमा पार्छन् ।

७. दोष दिनु कसलाई
भाग्यमा ग्रहण लागेपछि ।

८. अब अति भयो, सहने शक्ति चाहियो
विश्वासमा धेरै धोका खाइयो ।

९. राम्रो बन्नलाई होइन
राम्रो बनाउनलाई सोच्नु पर्छ ।

१०. मेरो आँखाले
दुःख मात्र नियाल्छ ।

सुजिता के.सी., फर्पिङ, काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...