Sunday 5th May 2024

अध्यादेश आए पनि नागरिकताको आश मारिसकेका अनागरिकको यस्तो छ पीडा


तीतोपाटी डटकम-धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ ।

महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।सबैजना विद्यार्थी भएका कारण नागरिकताका कारण समस्या भोगिरहेको बताउँदै शाफीले नागरिकता नभएकै कारण केही ठाउँमा जागिरबाट निकालिएको बताए ।

कक्षा १२ सम्म नागरिकता नखोजेकाले नेपालमै पढेको र स्नातक पढ्नका लागि भारत पुग्नुपरेको उनले बताए । पढाइका लागि लिएको ५ लाख रुपैयाँ ऋण अहिले १५ लाख पुगेको बताउँदै नागरिकताका नभएका कारण जागिर खाएर तिर्नसमेत नपाउँदा मानसिक समस्या भोग्नुपरेको बताए ।

फारुकीले थपे, ‘उहाँहरुले भनेको जति कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिन रोक्ने काम भयो । मेरो पढाइ अगाडि बढाउन पाएको छैन । म यही देशमा जन्मेको हुँ । भारतबाट आउनेले समेत नागरिकता पाइरहेको भन्छन्, म अब कहाँ जाने ? मैले नागरिकता पाउने कि नपाउने ?’

​दाङका २० बर्षका मोहम्मद फारुकीका बाबु नेपालका जन्मसिद्ध नागरिक हुन् भने उनकी आमा वैवाहिक अंगीकृत नागरिक हुन् । अहिलेसम्म नागरिकता नपाएका फारुकीले स्नातक तहमा अध्ययन गर्दा समस्या भइरहेको बताए । उनले भने, ‘१२ कक्षासम्म पढ्न नागरिकता चाहिएन । तर, स्नातक तहमा अध्ययन गर्ने क्रममा त्रिविमा दर्ताका लागि क्याम्पसले नागरिकता मागेको छ । नागरिकता नबुझाए परीक्षा दिन नपाइने भनेको छ । म निकै ठूलो मानसिक समस्यामा छु ।’

फारुकीले नागरिकता प्राप्तिका लागि आवश्यक कागजात बनाएर कैयौँ पटक जिल्ला प्रशासन कार्यालय गए पनि त्यहाँ उनलाई माथिबाट आदेश नआएकाले अहिले दिन नसक्ने भनियो । उनले सुनाए, ‘नागरिकता पाउने नियम आउँदैछ, आत्तिनुहुँदैन भनेर पनि सम्झाउँथे । तर, ऐन नियम आउने कहिले हो, मलाई पढ्नलाई आजै नागरिकता समस्या भइरहेको छ ।’

फारुकीले थपे, ‘उहाँहरुले भनेको जति कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिन रोक्ने काम भयो । मेरो पढाइ अगाडि बढाउन पाएको छैन । म यही देशमा जन्मेको हुँ । भारतबाट आउनेले समेत नागरिकता पाइरहेको भन्छन्, म अब कहाँ जाने ? मैले नागरिकता पाउने कि नपाउने ?’

फारुकीले संविधानको धारा ११ को ३ ले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गरे पनि नागरिकता प्राप्तिमा समस्या भइरहेको बताए । अहिले अध्यादेश आए पनि नागरिकता पाउने हो कि हैन भन्नेमा आफू अन्योल रहेको उनले बताए ।ललितपुर गोदावरीका दिनेश (नाम परिवर्तन) एक बर्षको हुँदा उनका बाबु घरपरिवार छाडेर हिँडेपछि अहिलेसम्म उनको अत्तोपत्तो छैन । सानैदेखि मामाघरमा बसेका उनी अहिले पनि मामाघरमै छन् ।कक्षा १२ सम्म पढेका उनी बाबुका बारेमा केही थाहा नभएपछि आमाको नामबाट नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय गए । त्यहाँ विभिन्न प्रक्रिया पु¥याएर आउन भनियो । सर्जिमिन उठाएर वडा कार्यालयबाट सिफारिससहित जिल्ला प्रशासन कार्यालमा नागरिकताका लागि निवेदन दिए । तर, सीडीओले बाबुको पहिचान नभई आमाको नामबाट मात्र नागरिकता दिन मिल्दैन भनेर फकाईदिए ।

नागरिकता प्राप्तिका लागि अदालतमा मुद्दा हालेर धेरैपटक धाए पनि अहिलेसम्म फैसला नआएको उनले बताए । नागरिकतासम्बन्धी अध्यादेश जारीपछि पनि उनलाई नागरिकता पाउने आश छैन ।

नागरिकतासम्बन्धी अध्यादेश पास होला भनेर बाटो कुरेर बसेका विभिन्न कारणले नागरिकता नपाएकाहरु पटक–पटक प्रतिनिधि सभा विघटन भएपछि निराश बनेका छन् ।

२०७५ सालमा संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पेश भएको विधेयक २ वर्षपछि समितिबाट पास भएर प्रतिनिधि सभामा पेश हुँदा पनि अघि बढाइएको थिएन । प्रधानममन्त्री केपी शर्मा ओलीले दुई पटक संसद भंग गरेपछि सो विधेयकले कहिले ऐनको रुप लिएर कहिले कार्यान्वयनमा आउँछ भन्ने पनि अन्योल छ ।

आमा नेपाली नागरिक भएका र बाबु पहिचान नभएकाहरु धेरैलाई नागरिकता पाउन समस्या छ । यस्तै, नेपालमै बस्ने आमा नेपाली नागरिक रहेका र बाबु विदेशी नागरिक भएका सन्तानले पनि नागरिकता पाएका छैनन् । जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउनका लागि प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले गत जेठ ९ गते नेपाल नागरिकता पहिलो संसोधन ऐन २०७८ जारी गरेकी थिइन् । सोही आधारमा गृहमन्त्रालयले नेपाल नागरिकता दोश्रो संसोधन नियमावली २०७८ जारी गरेको छ ।

यस्तो छ नियमावलीमा व्यवस्था

संशोधित नियमावलीको दफा ३ मा मूल नियमावलीको नियम ३ मा संसोधन गर्दै वंशजको आधारमा नागरिकता लिनका लागि जन्मदर्ताको प्रमाणपत्र, बाबु र आमा दुबैको नेपाली नागरिकताको प्रमाणपत्र र जन्मस्थान र नाता खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस चाहिने व्यवस्था छ ।संशोधित नागरिकतासम्बन्धी नियमावलीमा नागरिकता प्राप्तिका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । बाबु पत्ता नलागेकाहरुको आमाको नामबाट मात्र जन्मदर्ता नगरिने भएकाले उनीहरुलाई अध्यादेश जारीपछि पनि नागरिकता प्राप्तिमा समस्या पर्ने महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठ बताउँछन् ।

यस्तै आमाको नामबाट नागरिकता लिन चाहनेहरुका लागि जन्मदर्ताको प्रमाणपत्र, आमाको नेपाली नागरिकताको प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र निजको जन्म नेपालमै भई नेपालमा नै बसोबास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको ब्यहोरा खुल्नेगरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस र बाबु पहिचान हुन नसकेको बारे प्रमुख जिल्ला अधिकारीसमक्ष स्वघोषणा गर्नुपर्ने व्यवस्था छ ।

यस्तै बाबु पत्ता नलागेको, तर आमाको नामबाट वंशजको नागरिकता लिएको ब्यक्तिको बाबु बिदेशी रहेको पत्ता लागेको अवस्थामा निजको नागरिकता अंगीकृत नागरिकतामा बदल्ने व्यवस्था गरिएको छ ।

बाबुकै पहिचान छैन, जन्मदर्ता कहाँबाट ल्याउने ?

संशोधित नागरिकतासम्बन्धी नियमावलीमा नागरिकता प्राप्तिका लागि जन्मदर्ता अनिवार्य गरिएको छ । बाबु पत्ता नलागेकाहरुको आमाको नामबाट मात्र जन्मदर्ता नगरिने भएकाले उनीहरुलाई अध्यादेश जारीपछि पनि नागरिकता प्राप्तिमा समस्या पर्ने महिला कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठ बताउँछन् ।यस्तै बाबु पहिचान नभएको बारे जिल्ला प्रशासन कार्यालयमा स्थानीय तहबाट खुलाएर पठाउनुपर्ने व्यवस्था रहेकाले स्थानीय तहले कसरी खुलाउने, त्यसमा समस्या आउन सक्ने उनको भनाइ छ ।

संविधानको धारा ११ को ३ र ११ को ५ अनुसार नागरिकता पाउन सक्ने स्थितिका आधारमा नागरिकता सम्बन्धी अध्यादेश आएपनि कार्यान्वयनमा चुनौती रहेको उनले बताए । संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक रोकेर सत्ता स्वार्थका लागि अध्यादेश जारी गरेको भनेर सरकारको चौतर्फी आलोचना भएको छ । यसबारे अदालतमा समेत मुद्दा परिसकेको हुनाले अदालतबाट पनि नागरिकता वितरण रोकिने सम्भावना पनि ज्यूँदैछ ।

अध्यादेश जारीपछि झन्डै ५ लाख बढीले नागरिकता पाउने

सदनमा विधेयक विचाराधीन रहेका बेला जनताको मायाले भन्दा पनि सत्ता टिकाउन र विपक्षीलाई मनाउनका लागि सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको थियो ।२०६३ सालमा जन्मका आधारमा नागरिकता पाउने व्यवस्थापछि गृह मन्त्रालयको रेकर्डअनुसार दुई बर्षमा १ लाख ९० हजार ७ सय २६ जनाले जन्मका आधारमा नागरिकता लिएका थिए । अहिले उनीहरुका सन्तानलाई वंशजको नागरिकता दिनेगरी अध्यादेश जारी गरिएको हो । सो संख्यामा नागरिकता लिनेका औषतमा ३ सन्तान राख्ने हो भने भन्डै ५ लाख हाराहारी व्यक्तिले नागरिकता पाउने देखिन्छ । मधेसकेन्द्रित दल जसपाका नेताहरुले भने ६ लाख बढीले नागरिकता पाउने बताइरहेका छ ।

संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक रोकेर सत्ता स्वार्थका लागि अध्यादेश जारी गरेको भनेर सरकारको चौतर्फी आलोचना भएको छ । यसबारे अदालतमा समेत मुद्दा परिसकेको हुनाले अदालतबाट पनि नागरिकता वितरण रोकिने सम्भावना पनि ज्यूँदैछ ।

साभार- रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...