Wednesday 14th October 2026

सुरेश वैद्यको झरना – १


” झरदेखि झरनासम्म , हाम्रो यात्रा सागरसम्म ”

१.
डाक्टर भन्छ औषधि खा खाएसम्म ठिक्क
औषधि खान छाड्यो पहिलेभन्दा बढि दुखेर दिक्क ।

२.
डाक्टरले औषधि लेख्यो पसलेको बढ्यो धन्दा
रोग निको भएको होइन दिक्क भए अरु खाउ भन्दा ।

३.
खोजी रहन्छौ तिमी सधैं नयाँ नयाँ दाउ
कसरी पारौँ भनी मेरो कलेजीमा घाउ?

४.
लाग्छ कुनै गहिरो सोच मा दुबेकी छौ
अब भन के तिमीले मेरो कुरा बुझेकी छौ ।

५.
भोक लाग्यो भन्दैमा काँचै खान भएन
नाइ भन्ने केटीलाई बल्जफ्ति लान भएन ।

६.
जस्को त नाम नै यहाँ काफी छ
उस्कै गल्ति सधैं यहाँ माफी छ ।

७.
हामीले नहेरेसम्म त्यो श्रृङ्गारको के काम
रुपवतीहरूको माझ आउँदैन है तिम्रो नाम ।

८.
मलाई त मन पर्यो तिम्रो जिस्किने बानी
प्यास लाग्यो तिर्ख मेट्न देउन है पानी ।

९.
आफू भित्रै आगो दन्किरहेछ बाहिर के ताप्नु
कति पुगेछ तापक्रम कुन यन्त्रले नाप्नु ।

१०.
मुक्तक र गजल कोर्दै झर तिर उक्लिदैछु
हेरुँ यो यात्रा कति सफल हुन्छ लम्किदैछु।

सुरेश वैद्य, काठमाडाैँ ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

भारत भ्रमणमा रहेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल र भारतबीचका…

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

प्रतिकृयाहरू
...