Saturday 7th November 2026

धर्मिला कार्कीको गजल संग्रह – २२


नेता व्यस्त छन् सुखी जिन्दगी खोज्न
जनता विदेशिन्छन् अन्न पानी खोज्न।

प्रमाण-पत्र जति दराजमा थन्काएर
विदेशिनु परेको छ समृद्धि खोज्न।

खाडीमा नै आधा उमेर ढल्केपछि
थाल्नु परेको छ जीवन साथी खोज्न।

भोको पेट भर्न अनाथका आँखा सधैँ
लालायित हुन्छन् समाजसेवी खोज्न।

छिमेकी राष्ट्रका महोदयज्युहरु
लाग्नु हुन्छ दलाल र व्यापारी खोज्न।

बुद्धकै देशमा अशान्ति छाएपछि
कहाँ जानु र खै अब शान्ति खोज्न।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तस्बिरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना नेता तथा कार्यकर्तालाई दिएको भनिएको चेतावनी सामान्य राजनीतिक अभिव्यक्ति होइन। यसभित्र जनताको…

खाडी क्षेत्रका प्रमुख विमानस्थलहरू इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको सम्भावित निशानामा पर्न थालेपछि क्षेत्रीय हवाई सुरक्षा र अन्तर्राष्ट्रिय उड्डयनको भविष्यबारे…

काठमाडौं, २० कात्तिक २०८३ / विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई–एमआईएस) मा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएको…

प्रतिकृयाहरू
...