Thursday 15th January 2026

कोभिड-१९ विरूद्ध सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन, कुवेत संयोजकमा पराजुली


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड-१९ विरूद्ध जन्मथलोलाई सहयोग गर्न विश्वव्यापी ओखलढुंगेली सञ्जाल गठन भएको छ । ओखलढुंगेली सञ्जालको कुवेत संयोजक रहेका श्याम पराजुलीले तीतोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन् ।

ओखल्ढुङ्गा जिल्ला घर भइ प्रवासका विभिन्न देशमा गठन भइ कृयाशिल रहेका ओखलढुंगेलीहरूका संघ संस्थामा आबद्ध ब्यक्तित्वहरु लगायत संघ संस्था स्थापना नभएको देशबाट पनि तोकिएको ब्यक्तिको संयोजकत्वमा पहल रहने गरि ओखलढुंगे अन्तरास्ट्रिय सञ्जाल कोभिड-१९ जिल्ला बिपद ब्यवस्थापन सहयोगार्थ अभियान संचालन गरिने भएको जनाउँदै कुवेतमा पनि उनको नेतृत्वमा सहयोग अभियान संचालन गरिने पराजुलीले बताए ।

कोभिड – १९ विरुद्ध लड्ने सयुक्त अभियानमा दुनियाको जुनसुकै भूगोलमा भए पनि आफ्नो जन्मथलो बचाउने अभियान भएकोले यो अभियानमा सबै ओखलढुंगेलीहरू सहभागी बनौ भन्दै उनले थपे, ‘ओखल्ढुङ्गा सेवा समाज कुवेतबाट पनि म श्याम पराजुलीको संयोजकत्वमा हामीले ओखलढुंगा बचाउने अभियान सुरु गरेका छाैं । कुवेतमा विभिन्न पेशा ब्यबसाय तथा रोजगारिमा रहनुभएको मनकारी सम्पुर्ण ओखलढुंगेली दाजुभाई तथा दिदिबहिनीहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछु।’

संयोजक पराजुलीले कुवेतमा रहनु भएको ओखलढुंगेली बासीहरु सबै जनालाइ सम्पर्कमा आइदिन हुन समेत हार्दिक अनुरोध गरेका छन् ।
कुबेत संयोजक:श्याम पराजुली
सम्पर्क नम्बर : ६६९३८२७६ (66938276)
हाल रहेको स्थान:साल्मिया कुवेत ।

नवगठित विश्वव्यापी ओखलढुंगेली सञ्जाल तपसिल बमोजिम बनेको छः

शिवजी श्रेष्ठ संयोजक (युके)
सदस्य सचीव :श्रीराम गुरूङ (कोरिया)
कोषाध्यक्ष: दिनबन्धु प्रेमि (अमेरिका)

सदस्यहरू
१)युके सम्योजक:बिष्णु बहादुर गुरूङ
अध्यक्ष,ओखलढुंगा जिल्ला समाज युके
२) कोरिया संयोजक:फडिन्द्र अधिकारी
अध्यक्ष :ओखलढुंगा सेवा समाज दक्षिण कोरिया
३) जापान संयोजक:सन्तोष वाणिया
अध्यक्ष :ओखलढुंगा सेवा समाज जापान
४)कतार संयोजक:भिम तामाङ
अध्यक्ष :ओखलढुंगा सेवा समाज,कतार
५)मलेसिया संयोजक:सुरेन्द्र श्रेष्ठ
अध्यक्ष :ओखलढुंगा एकता सेवा समाज मलेसिया
६)साइप्रस संयोजक:आयुष्मा गुरुङ
अध्यक्ष :ओखलढुंगा सेवा समाज साइप्रस
७)अस्ट्रेलिया संयोजक:अम्विका श्रेष्ठ
८)अमेरिका/क्यानाडा संयोजक- दिनबन्धु प्रेमी
९)बेल्जियम/नेदरल्यान्ड संयोजक:सुवास गुरुङ
१०)हङकङ संयोजक:नरेन्द्र गुरुङ
११)युएइ संयोजक;जितेन्द्र गुरुङ
१२) बेल्जियम/नेदरल्यान्ड संयोजक:सुवास गुरुङ
१३)भारत संयोजक पेसल राज बुढाथोकी
१४)साउदी संयोजक सुबाश मोक्तान
१५)कुवेत संयोजक श्याम पराजुली

हाल १६/१७ देशमा एक साथ अभियान चले पनि क्रमशः अन्य देशमा रहेका ओखलढुंगेलीलाई पनि जोडने प्रक्रियामा रहेको जनाइएको छ । यो अभियान यहि जुन २६ सम्म रहने छ । विभिन्न देशमा छरिएर बस्नु भएका ओखलढुंगेलीलाई समेटर संकलन गरिएको रकम एकमुस्ट रुपमा जम्मा गरि यस अभियानको कोषध्यक्ष श्री दिनबन्धु (प्रेमी) लाई हस्तान्तरण गरिने छ । ओखलढुंगालाई कोरोनाबाट बचाउन सक्दो गराैं ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...