Thursday 28th March 2024

रामहरि शर्माका ११ झर


झरना: “झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१. धान काटियो आज एक खला
अवरूद्व भयो किन किसानको गला ।।

२. धान जति सबै तल्सिङ्गले लग्यो
किसानलाई बिचरा दुःख मात्र भयो ।।

३. किसानले सधैं नङ्ग्रा खियानु पर्ने
भकारी आज किन हो अर्कैले भर्ने ।।

४. आफ्नो नहुँदा आज यति सम्म भयो
मोतिका दाना पसिना सरि खेर गयो ।।

५. नगरि खाने ठाउँ छ, नत जाने ठाउँ
कसैले लिदैन यहाँ किसानको नाउँ ।।

६. किससानले उत्पादन गरेकोले पेट भर्ने
किसानलाई कसैले किन सहयोग नगर्ने ।

७ . किसानलाई चिन्ताछ, छ सुख्खा खडेरीको
न गर्ने ठाउँ न बस्ने बास चिन्ता घडेरीको ।

८. किसान र उपभोक्ताको दूरी टाढा भो
बिचमै छ रहस्य त्यसैले मूल्य वृद्वि भो ।

९. बाबु बाजेले जोडेको सम्पत्ति बेच्दैछन् छोरा नाति
किन्दैछन् भटभटे धुम्नलाई दम्पती ।

१०. जन्मे पछि मर्न पर्ने सबैलाई थाहा छ
निती नियम उलङ्घन हुँदै ऐले गा छ ।

११. संसारमा मान्छे मर्दा मान्छे सरी नियम मर्न थाल्यो
आफूले आफ्नै निधारमा पोत्न थाले कालो ।


सम्बन्धित शीर्षकहरु

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८०/११/३० प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...