Saturday 27th December 2025

प्रतिगमन -२ को विरूद्ध कुवेतका ५ राजनीतिक संगठनले निकाले संयुक्त प्रेस विज्ञप्ति


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।

पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको दुरूपयोग गरि जनताको सर्वोच्च संस्था संसदको हत्या तथा जनताकाे वलिदानी संघर्षको उपलब्धिको रूपमा रहेको संविधान नै समाप्त गर्न लागेकोले संघीयल लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुन अाह्वान गर्दै प्रधानमन्त्रिका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक, न्यायिक र सामाजिक लडाइ लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाँच राजनीतिक दलका भातृ संगठनहरू नेपाली जन-सम्पर्क समिति कुवेत, नेपाली जन-प्रगतिशील मञ्च कुवेत, नेपाली समाज कुवेत, प्रवासी नेपाली मञ्च कुवेत र कुवेत नेपाली एकता समाज केन्द्रिय समिति कुवेतले संयुक्त प्रेस विज्ञप्ति निकालेका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिको पुर्ण पाठ जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...