Monday 29th December 2025

चीनमा हिमाली म्याराथन दाैडमा सहभागी २१ धावकको खराब माैसमको कारण मृत्यु


तीतोपाटी – चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।

सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएको थियो। सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो।

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

प्रतिकृयाहरू
...