Tuesday 24th March 2026

चीनमा हिमाली म्याराथन दाैडमा सहभागी २१ धावकको खराब माैसमको कारण मृत्यु


तीतोपाटी – चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।

सरकारी सञ्चारमाध्यमका अनुसार शनिवार येलो रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र वेगको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएको थियो। सय किलोमिटर दूरी भएको दौडमा १७२ धावक सहभागी थिए। तर तीमध्ये केही हराएपछि प्रतियोगिता रोकिएको थियो।

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।

घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...