Thursday 19th March 2026

३७ दिनमा दुई लाख नेपाली भारतबाट भित्रिए, ५२ हजार बाहिरिए


तितोपाटी- गएको वैशाख १ देखि यही जेठ ६ गतेसम्म ३७ दिनमा दुई लाख बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । देशका विभिन्न सीमानाका हुँदै उनीहरु स्वदेश फर्किएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३७ दिनमा दुई लाख सात हजार ३०२ जना नेपाली स्वदेश फर्किएका छन् । सोही अवधिमा ५१ हजार ८१५ जना भारततर्फ लागेका छन् ।
भारतमा कोरोना महामारीको अवस्था भयावह भएपछि त्यहाँ मजदुरी गर्दै आएकाहरु स्वदेश फर्किएका हुन् । यस्तै, लामो समयसम्म पनि महामारी अन्त्य नभएपछि जीविकोपार्जनका लागि यहीबीच ५२ हजारको हाराहारीमा नेपाली भारततर्फ लागेका हुन् ।- बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...