Saturday 27th December 2025

३७ दिनमा दुई लाख नेपाली भारतबाट भित्रिए, ५२ हजार बाहिरिए


तितोपाटी- गएको वैशाख १ देखि यही जेठ ६ गतेसम्म ३७ दिनमा दुई लाख बढी नेपाली भारतबाट स्वदेश फर्किएका छन् । देशका विभिन्न सीमानाका हुँदै उनीहरु स्वदेश फर्किएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ३७ दिनमा दुई लाख सात हजार ३०२ जना नेपाली स्वदेश फर्किएका छन् । सोही अवधिमा ५१ हजार ८१५ जना भारततर्फ लागेका छन् ।
भारतमा कोरोना महामारीको अवस्था भयावह भएपछि त्यहाँ मजदुरी गर्दै आएकाहरु स्वदेश फर्किएका हुन् । यस्तै, लामो समयसम्म पनि महामारी अन्त्य नभएपछि जीविकोपार्जनका लागि यहीबीच ५२ हजारको हाराहारीमा नेपाली भारततर्फ लागेका हुन् ।- बाह्रखरीबाट


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...