Saturday 27th December 2025

नेपालको कोरोना संक्रमण रोकथाम सहयोगार्थ नेपाली राजदूतावास कुवेतको भेटघाट तिब्र


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड-१९ को दोश्रो लहर नेपालमा पनि फैलन गइ स्थिति दिनानुदिन भयावह बन्दै गएपछि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले कुवेतका विभिन्न निकायसँग भेटघाट तिब्र बनाएको छ । नेपालमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाइ दृष्टिगत गरि अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउनको लागि दूतावासले यहाँ स्थित परराष्ट्र मन्त्रालय, रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेत र सम्बन्धित अन्य विभिन्न निकायसँग कुराकानी र पहल शुरू गरेको दूतावास श्रोतबाट बुझिएको छ ।

यसै क्रममा महामहिम राजदूत दूर्गा प्रसाद भण्डारीले कुवेत स्थित रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतका अध्यक्ष डा. हिलाल अल-सायर सँग भेटवार्ता गरेका छन् । वार्ताको क्रममा महामहिम भण्डारीले एक पवित्र संस्थाको रूपमा रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतले अन्तर्राष्ट्रिय रूपमा गरेका मानविय सेवाका कार्यहरूकाे प्रसंशा गर्दै यति खेर नेपाल पनि कोरोना महामारी बिरूद्ध जुधिरहेकोले यस संकटको समयमा संक्रमण नियन्त्रण गर्नकाे लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू सहयोग गर्न आग्रह गरेका छन ।

वार्ताको क्रममा रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतका अध्यक्ष डा. हिलाल अल-सायरले विगतमा पनि विभिन्न जटिल रोगबाट पीडित ४० भन्द बढी न्यून आय भएका नेपालीहरूलाइ कुवेतका स्वास्थ्यकर्मीहरूको टोलीले शल्यकृया गरेको स्मरण गर्दै अहिलेको कोरोना महामारीको अबस्थामा पनि रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा सहयोग गर्न तयार रहेको बताए ।

नेपाली राजदूतावास कुवेतले आवश्यक स्वास्थ्य सामाग्रीको सूचि कुवेतस्थित सम्बन्धित निकायहरूमा पठाइसकेको, कुवेतमा इदको कारण ५ दिन सरकारी विदा भएकोले विदा पछि दूतावासले चाैतर्फी रूपमा कुराकनी भइरहेको जनाएको छ भने आवश्यक स्वास्थ्य सामाग्री प्राप्त हुना साथ छिटो भन्दा छिटो व्यवस्थापन गरि नेपाल पठाइने नेपाली दूतावास श्रोतबाट बुझिएको छ ।

Source: Kuwait News Agency(KUNA)

https://www.kuna.net.kw/ArticleDetails.aspx?id=2978108&Language=en&fbclid=IwAR1dou4StgfSnPKMQ5rL0jDZ2KqyZT5Aw9MQtWGBF20XkR1KP-R7GJN_HFo


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...