Thursday 19th March 2026

नेपालको कोरोना संक्रमण रोकथाम सहयोगार्थ नेपाली राजदूतावास कुवेतको भेटघाट तिब्र


तीतोपाटी – विश्वव्यापी महामारी कोभिड-१९ को दोश्रो लहर नेपालमा पनि फैलन गइ स्थिति दिनानुदिन भयावह बन्दै गएपछि कुवेत स्थित नेपाली राजदूतावास कुवेतले कुवेतका विभिन्न निकायसँग भेटघाट तिब्र बनाएको छ । नेपालमा बढ्दो क्रममा रहेको कोरोना संक्रमणलाइ दृष्टिगत गरि अत्यावश्यक स्वास्थ्य सामाग्री नेपाल पठाउनको लागि दूतावासले यहाँ स्थित परराष्ट्र मन्त्रालय, रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेत र सम्बन्धित अन्य विभिन्न निकायसँग कुराकानी र पहल शुरू गरेको दूतावास श्रोतबाट बुझिएको छ ।

यसै क्रममा महामहिम राजदूत दूर्गा प्रसाद भण्डारीले कुवेत स्थित रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतका अध्यक्ष डा. हिलाल अल-सायर सँग भेटवार्ता गरेका छन् । वार्ताको क्रममा महामहिम भण्डारीले एक पवित्र संस्थाको रूपमा रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतले अन्तर्राष्ट्रिय रूपमा गरेका मानविय सेवाका कार्यहरूकाे प्रसंशा गर्दै यति खेर नेपाल पनि कोरोना महामारी बिरूद्ध जुधिरहेकोले यस संकटको समयमा संक्रमण नियन्त्रण गर्नकाे लागि आवश्यक स्वास्थ्य सामाग्रीहरू सहयोग गर्न आग्रह गरेका छन ।

वार्ताको क्रममा रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतका अध्यक्ष डा. हिलाल अल-सायरले विगतमा पनि विभिन्न जटिल रोगबाट पीडित ४० भन्द बढी न्यून आय भएका नेपालीहरूलाइ कुवेतका स्वास्थ्यकर्मीहरूको टोलीले शल्यकृया गरेको स्मरण गर्दै अहिलेको कोरोना महामारीको अबस्थामा पनि रेडक्रिसेन्ट सोसाइटी (Red Crescent Socity) कुवेतले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा सहयोग गर्न तयार रहेको बताए ।

नेपाली राजदूतावास कुवेतले आवश्यक स्वास्थ्य सामाग्रीको सूचि कुवेतस्थित सम्बन्धित निकायहरूमा पठाइसकेको, कुवेतमा इदको कारण ५ दिन सरकारी विदा भएकोले विदा पछि दूतावासले चाैतर्फी रूपमा कुराकनी भइरहेको जनाएको छ भने आवश्यक स्वास्थ्य सामाग्री प्राप्त हुना साथ छिटो भन्दा छिटो व्यवस्थापन गरि नेपाल पठाइने नेपाली दूतावास श्रोतबाट बुझिएको छ ।

Source: Kuwait News Agency(KUNA)

https://www.kuna.net.kw/ArticleDetails.aspx?id=2978108&Language=en&fbclid=IwAR1dou4StgfSnPKMQ5rL0jDZ2KqyZT5Aw9MQtWGBF20XkR1KP-R7GJN_HFo


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...