Thursday 19th March 2026

खाडी मुलुकबाट कामदारले पठाएका सिलिण्डरको प्रयोग शुरु


तितोपाटी- वैदेशिक रोजगारमा गएका कामदारहरुको बाहुल्यता रहेको मध्यपूर्वका मुलुकहरुबाट नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारले प्रयोग गर्न शुरु गरेको छ । शनिबार साँझ नेपाल आइपुगेका सिलिण्डरहरु आइतबार बिहान स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र पूर्व अध्यक्ष उपेन्द्र महतोले हस्तान्तरण गरे ।

अध्यक्ष पन्तले नेपाल ल्याइएको सिलिण्डरमध्ये लुम्बिनीमा २ सय, सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा एक–एक सय, गण्डकी र प्रदेश नं. २ मा ८५–८५ वटा पठाउन अनुरोध गरिएको बताए ।

यूएई, ओमान, कुवेत, कतार, साउदी अरब र बहराइनलगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुको संयोजनमा ती मुलुकहरुमा कार्यरत नेपाली कामदारसँग चन्दा संकलन गरेर एनआरएनए ओमानको संयोजनमा ओमानमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो ।

अध्यक्ष पन्तले ‘नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं’ अभियानअन्तर्गत थप ६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर तत्कालै उपलब्ध गराउने योजना रहेको बताए ।

यसैबीच पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जन्मभूमिलाई अप्ठ्यारो परिरहेको अवस्थामा आफ्नो गाँस काटेर सास पठाएको भन्दै खाडीमा कार्यरत नेपालीको सह्राहना गर्दै सामाजिक सञ्जालमार्फत कामदारहरुले पठाएको अक्सिजन सिलिण्डरले थुप्रै नेपाली नागरिकहरुको जीवन जोगिने भन्दै कामदाहरहरुको योगदान र मद्दतलाई सलाम भनेका छन् ।

मध्यान्हन्युजबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...