Tuesday 9th June 2026

तीतोपाटी मिडियाको प्रधान सम्पादकमा न्यौपाने


तितोपाटी- कुवेतबाट प्रकाशित हुदै आएको अनलाईन समाचार पोर्टल तीतोपाटी डट कम को प्रकाशन तीतोपाटी मिडिया(कोसेली समूह) प्रा.लि. को प्रधान सम्पादकमा पत्रकार हरिकृष्ण न्यौपानेलाइ नियुक्त गरिएकाे छ । उनी यस मिडिया प्रा. लि. मा दोश्रो पटक सर्वसहमत चयन भएका हुन्। हाल तीतोपाटी मिडिया प्रा. लि. नेपालमा दर्ता भइ नेपालबाटै पत्रकारिता गर्ने प्रकृयामा अघि बढिरहेको छ ।

हिजो शुक्रवार मे १४ तारिकका दिन कोसेली समूहका अध्यक्ष तथा प्रवन्ध निर्देशक आनन्द आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न उक्त बैठकमा तितोपाटी मिडियाको सम्पादक मण्डलको शिफारिसमा बैठकले न्यौपानेलाई प्रधान सम्पादकको जिम्मेवारी दिएको हो ।

डेढ दशक भन्दा अधिदेखी पत्रकारीतामा सक्रिय एवम् नेपाल पत्रकार महासंघ कुवेत शाखाका निवर्तमान अध्यक्ष न्यौपानेले कुवेत आउनुपुर्व नेपालदेखि नै विभिन्न मिडियाहरुमा कलम चलाउदै आएका थिए।

डेढ दशक भन्दा बढी कुवेतमा कार्यरत न्यौपाने विभिन्न सामाजिक संघ शंस्थाहरुमा आवद्ध रहदै आएका थिए भने परोपकारी पत्रकारितामा समेत सक्रिय रहेका रहदै आएका छन। पत्रकारिता क्षत्रमा लामो समयको अनुभव संगालेका न्यौपाने हालै मात्र कुवेतलाई बिट मारी नेपाल फर्कीएका हुन ।

सन २००० को दशक देखि नेपालकुवेत डट कम काे नामबाट कुवेतबाट प्रकाशन सुरु गरी कोसेलीन्यूज हुँदै तीतोपाटी डट कम सम्म अाइपुग्दा मध्यपूर्वमा उत्कृष्ट अनलाइनको पहिचान बनाएको तितोपाटी नेपाली पत्रकारितामा फरक धारको प्रतिनिधित्व गर्ने मिडियाको रुपमा स्थापित छ ।

कुवेत लगायत खाडीका अन्य देशमा कार्यरत श्रमिक समस्या लगायत अन्य किसिमका घटनाको सत्यतथ्य समाचार तीतोपाटीबाट मिडिया मार्फत विश्वासयाेग्य रूपमा प्रकाशित हुने गरेका छन् ।
प्रधान सम्पादक न्यौपानेले निष्पक्ष, स्वतन्त्र र तटस्थ रुपमा सत्य तथ्य समाचार सम्प्रेषणमा मिडियाले थप सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

प्रतिकृयाहरू
...