Tuesday 15th June 2021

नयाँ प्रधानमन्त्रीको रूपमा ओलीले लिए सपथ, मन्त्रीमण्डल पुरानै


तीतोपाटी – तेश्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई सपथ खुवाएकी हुन्। राष्ट्रपतिको आह्वान अनुसार बहुमतको सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका हिसाबले प्रधानमन्त्रीमा हिँजो फेरि केपी शर्मा ओली नियुक्त भएका हुन् । ओलीलाई हटाएर नयाँ सरकार बनाउने विपक्षी दलको प्रयास विफल भएपछि ओलीनै प्रधानमन्त्री नियुक्त हुने बाटो खुलेको थियो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अलावा, उपप्रधानमन्त्री इश्वर पोखरेल तथा अन्य मन्त्रीहरूलाइ पनि पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।

यस अघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु-याएर दाबी पेश गर्न तीन दिनको समय दिएकी थिइन् । विहीबार राति ९ बजेसम्म दिइएको समयसीमाभित्र विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राति १० बजे राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पुरानै मन्त्रिमण्डललाई निरन्तरता दिएका छन् । एमालेको माधव समुह र जसपा नेपालको ठाकुर पक्षलाई सरकारमा सामेल हुन आग्रह गरिए पनि उनीहरु सरकारमा सहभागी भएनन् ।

अब प्रधानमन्त्री ओलीले एक महिनाभित्र फेरि संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसबेला उनले विश्वासको मत पाएनन् भने धारा ७६ (५) अनुसार राष्ट्रपतिले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने हुन्छ । उसले पनि एक महिनामा विश्वासको मत पाउन नसके प्रधानमन्त्रीले संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गर्न पाउँछन् ।


Loading...
सम्बन्धित शीर्षकहरु

तितोपाटी- काठमाण्डौंमा उपत्यकामा आजबाट करिब २ महिना मेलम्चीको पानी नआउने भएको छ । मलम्चीको सुरुङ खाली गर्ने तथा मर्मत संहारका…

तितोपाटी- सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहले आगामी…

गजल ++++ भुसको आगो झैं बल्दैछन् कसरी ? आरिसले मान्छे जल्दैछन् कसरी ? आफ्नो मानिस आफ्नो हो भन्थे , तिनै…

प्रतिकृयाहरू