Friday 29th March 2024

मध्यपूर्वका नेपालीको सहयोगमा ओमानबाट शनिबार सिलिन्डर नेपाल जाँदै, कुवेतमा अभियान तिब्र


तीतोपाटी – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आह्वानमा विश्वभरिबाट राष्ट्रिय समन्वय समितिहरूले सहयोग अभियान चलाइरहेका बेला मध्यपूर्वका देशका राष्ट्रिय समन्वय समितिहरूको पहलमा सहयोग रकम संकलन गरि ओमानबाट आगामी शनिबार नेपाल एअरलाइन्सको वाइडबडी चार्टर कार्गो उडान मार्फत पहिलो खेपको रूपमा ५५० सिलिन्डर नेपाल लगिंदैछ ।

कोरोना महामारीको दोश्रो लहरको चपेटामा नेपाल परेपछि नेपालमा अहिले अक्सिजन अभाव भएर कोरोना सक्रमितहरूले अकालमा ज्यान गुमाउने अबस्था सृजना भए पछी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले नेपाल सरकारलाइ अक्सिजन सिलिन्डर लगायतका अत्यावश्यक मेडिकल सामाग्री पठाउन विश्व भरिका राष्ट्रिय समन्वय समितिलाइ उर्दी गरेको थियो ।

आपतकालिन अबस्थामा तत्कालै कुवेत स्थित राष्ट्रिय समन्वय परिषदले आफ्नो तर्फबाट २ लाख सहयोग गर्ने घोषणा गर्दै कुवेतमा कृयाशिल संघ संस्था तथा उदार मनका धनि प्रवासी नेपालीहरू माझ स्वैच्छिक सहयोग अभियान चलाएको छ भने अहिले यो अभियान तिब्र रूपमा अघि बढि रहेको छ ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसि ले तीतोपाटी सँग कुरा गर्दै भने, अरू समयमा त हामी प्रवासीहरूले मातृभूमि हुने विभिन्न कृयाकलापको लागि सहयोग गर्दै आएका छौं भने अहिलेको एक नेपालीले अर्को नेपालीको ज्यान बचाउन मानवता देखाउन पर्ने समयमा कसो सहयोग नउठ्ला त भनेर यो अभियान संचालन गरिएको, अहिलेसम्म उत्साहप्रदरूपमा सहयोगी मनहरू जोडिरहेको र अब २ दिन मात्रै यो अभियान संचालित हुने र यस बिचमा जति धेरै सहयोग संकलन गर्न सक्यो उती धेरै अक्सिजन सिलिण्डरको साथमा मेडिकल सामाग्रीहरू उपलब्ध गराउन सकिने भएकोले सहयोग गर्न इच्छुक संघ संस्था वा आर्थिक योद्धा महानुभावहरूले एनसीसी कुवेतका अध्यक्ष स्वयं वा सिलिण्डर सहयोगार्थ तदर्थ समितिका पदाधिकारीहरूलाइ सम्पर्क गरि सहयोग गर्न हार्दिक अनुरोध गरेका छन् ।

त्यसै गरि सहयोग अभियानका संयोजक रहेका एनसीसी कुवेतका उपाध्यक्ष राणा ध्वज लामाले तीतोपाटी सँग कुरा गर्दै भने, एनसीसी कुवेतको तर्फबाट २ लाख घोषणा गरि कुवेतका सहयोगीहरूको मद्दतले १० लाख उठाउने लक्ष्य राखेको र हाल सम्म साँढे ७ लाख भन्दा बढि उठिसकेको बताउँदै आज र भोली पनि अभियान जारी रहने तथा सहयोगी हातहरू बढिरहेकोले लक्ष्य भन्दा बढि सहयोग संकलन गर्न सकिन्छ कि भन्ने लागेको बताउँदै जति धेरै सहयोग संकलन गर्न सकिन्छ उती धेरै अक्सिजन सिलिण्डर र अन्य मेडिकल सामाग्री खरिद गरि घरदेशमा छट्पटाइ रहेका तपाइँ हाम्रा परिवारलाइ उपचारमा सहयगो गर्न सकिन्छ भने । उनले थपे, यो समय समग्र नेपालीको पीडाको घाउमा मलहम लगाउने बेला भएकोले सबैलाइ स्वेच्छाले दिल खोलेर सहयोग गर्नु हुन हार्दिक आह्वान गर्दछु ।

एनसीसी कुवेतबाट अहिलेसम्म संकलित सहयोग तपसिल बमोजिम रहेको छः

NRNA, NCC कुवेत २ लाख नेपाली रुपैयाँ

1. उदयपुर मिलीजुली समाज कुवैत :- १०००० नेपाली रुपैया
2. नेपाल कुवैत सरोकार समाज :- ३१ केडी
3. तमु समाज कुवैत :- ३० केडी
4. आदिवासी जनताती महासंघ कुवैत :- ३१ केडी
5. ट्याक्सी व्यवसायी संघ कुवैत :- ३० केडी
6. धनकुटा सेवा समाज कुवैत :- १५ केडी
7. नुवाकोट धादिङ रसुवा समाज कुवैत :- ३१ केडी
8. झापाली समाज कुवैत :- २१ केडी
9. चितवान सेवा समाज कुवैत :- ४० केडी
10. कोसेली ग्रुप कुवैत :- ३१ केडी
11. सिन्धुपाल्चोक सेवा समाज कुवैत:- २१ केडी
12. नेपाल तामाङ घेदुङ कुवैत :- ५१ केडी
13. दर्शन ठकुरी समाज कुवैत :- ५१ केडी
14. एम.एन.ओ. प्रवास सभा मन्च कुवैत :- १०००० नेपाली रुपैया
15. विश्व साहित्य महासंघ कुवैत :- ११ केडी
16. विश्कर्मा समाज कुवैत :- ४० केडी
17. पेल्हु समाज कुवैत :- ५१ केड
18. चौतारी रेष्टुरेण्ट परिवार :- २१ केडी
19. नमस्ते नेपाली रेष्टुरेण्ट महाबुल्ल :- १५ केडी
20. हिमालयन हाउस रेष्टुरेण्ट :- १६ केडी
21. फेमिली रेष्टुरेण्ट फहहिल :- २५ केडी
22. नमस्ते रेष्टुरेण्ट खेलकुद परिवार :- १५ केडी
23. लमजुङ सेवा समाज :- २१ केडी
24. मध्यपश्चिम सेवा समाज :- २१ केडि
25. जिफन्ट सपोर्ट ग्रुप :- २१ केडी
26. जन जागृती युवा समाज कुवैत :- ३१ केडी
27.माउण्ट एभरेष्ट क्लब २१ केडि
28. रणध्वाज लामा :- १५००० नेपाली रुपैया
29. स्मृती गुरुङ :- ११ केडी
30. रुपेन हमाल :- १५ केडी
31. जिवन विक :- ५००० नेपाली रुपैया
32. सुजन केसी :- २१ केडी
33. हरी लावती :- १५ केडी
34. राजन श्रेष्ठ :- १५ केडी
35. सुमित्र देवी पौडेल :- २१ केडी
36. रमिता योञ्जन तामाङ :- २१ केडी
37. दिल कुमार पाख्रीन :- २१ केडी
38. जय नारायण थारु :- ७ केडी
39. अमित चाम्लिङ राई :- २१ केडी
40. पूर्ण श्रेष्ठ :- २५ केडी
41. शिव कोईराला :- २१ केडी
42. सजनी गुरुङ :- ११ केडी
43. सुरज मास्के :- १०००० नेपाली रुपैया
44. बिक्रम श्रेष्ठ चितवान :- ५ केडी
45. दिनेश विक चितवान :- ५ केडी
46. शालिकराम कुमाल :- ५ केडी
47. हर्क श्रेष्ठ :- ५ केडी
48. तोयानाथ दाहाल :- २१ केडी
49. माधव पौडेल :- ११ केडी
50. टोम लाल पराजुली :- ५ केडी
51. माधव शाही :- १० केडी
52. पदमराज पौडेल :- २१ केडी
53. बम विष्ट :- ५००० नेपाली रुपैया
54. नवराज पराजुली :- २१ केडी
55. आङनोर्बु शेर्पा :- ११ केडी
56. आनन्द आचर्य :- २१ केडी
57. जय आले :- ११ केडी
58. नवराज पन्थी :- १५ केडी
59. ओम कार्की :- १५ केडी
60. सुमन लिम्बु :- ११ केडी (म:म: हाउस)
61. राम बस्नेत :- १११११ नेपाली रुपैया (अल मुजैनी एक्स्चेन्ज)
62. भेष बहादुर खड्का :- ११ केडी
63. कमल कॅडेल :- ११ केडी
64. गुलाम नावी :- १० केडी
65. केशर घ्लान :- ११ केडी
66. माया साम्पाङ राई :- ११ केडी
67. बसन्त थापा :- ११ केडी (कार्यकारी सम्पादक तितोपात डटकम)
68. राज थापा :- १० केडी
69. भुपेन्द्र सारु मगर :- १० केडी
70. अमर जंग गुरुङ :- ११ केडी
71. हिमाल कार्की :- ११ केडी
72. ईन्द्र प्रसाद भूसाल :- १० केडी
73. एच.पि. खत्री :- २१५१ नेपाली रुपैया
74. डोल्मो शेर्पा :- २१ केडी
75. दुर्लभ शर्मा पौडेल :- १० केडी
76. रेश्मा लामा :- ७ केडी
77. नैना कला राई :- १० केडी
78. होम नाथ गिरी :- ५२ केडी
79. माया मगर :- ५ केडी
80. गणेश रावत :- १५ केडी
81. अमृता बान्तवा :- २१ केडी
82. अकास शेर्पा यात्री :- ५ केडी
83. राज मल्ल :- ११ केडी
84. श्रीराम कडेल :- ५ केडी
85. राम गुरुङ :- ५ केडी
86. महेश श्रेष्ठ :- ५ केडी
87. सञ्जय गिरी :- ५ केडी
88. सागर गुरुङ :- ५ केडी
89. प्रेमराज महत :- ५ केडी
90. बल :- ५ केडी
91. बिसराज थापा तनहु :- ५ केडी
92. अकाश तामाङ सिन्धुपाल्चोक :- ५ केडी
93. सुन लाल तामाङ सिन्धुपाल्चोक :- ५ केडी
94. लक्ष्मण मगर नवलपरासी :- ५ केडी
95. प्रकास लामा भक्तपुर :- ५ केडी
96.हरि गिरि :-10 केडि
97 बर्स धिताल :- 10 केडि

सहयोगी हातहरु सबैलाई मुरी मुरी धन्यवाद

सहयोग गर्न इच्छुक संस्था वा ब्यक्तिहरुले यी नम्बरहरुमा सम्पर्क गर्नुहोला।

संयोजक:
रानाध्वज लामा # 67726405
उमेश पुडासैनी #66814571
हर्क मोक्तान #66162748
अक्सिजन सिलिन्डर सहयोगार्थ समिती, NRNA-NCC कुवेत।


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...