Wednesday 23rd September 2026

बैठकमा नजाने, तत्काल राजीनामा पनि नदिने माधव नेपाल पक्षको निर्णय


नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकमा केही सांसदले सांसद पदबाट राजीनामा नदिन दवाव दिएपछि तत्कालका लागि राजीनामा नदिने निर्णय भएको हो । राजीनामाको विषयमा असन्तुष्टि जनाउँदै दुई सांसदले बैठक बहिस्कार समेत गरेका थिए ।

तर आजको प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा आफू पक्षीय सांसदहरुको सहभागीता नरहने नेता भीम रावलले जानकारी दिए । उनले तत्कालका लागि राजीनामा नदिने निर्णय भएको पनि बताए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...