Monday 29th December 2025

भारतमा कोरोना संक्रमणको कारण एकैदिन ४ हजार बढिको मृत्यु


तीतोपाटी – विश्वको दोश्रो धेरै कोरोना संक्रमित मुलुक भारतमा कोरोना संक्रमणबाट हिँजो शुक्रबार एकैदिन ४ हजार भन्दा बढिको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मंगलबार कोरोनाले ३ हजार ९ सय ९० को मृत्यु भएको थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भने भारतमा एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा अहिलेसम्म २ करोड १८ लाख ९२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७९ लाख संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १८ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...