Tuesday 27th October 2026

कुवेतमा २०७७ सालमा ५९ जना नेपालीको मृत्यु


तितोपाटी-कुबेतमा २०७७ साल भरिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन  नेपाली दुताबास कुबेतले दिएको जानकारी अनुशार यसरी ज्यान गुमाउनेमा  ३८ जना पुरुष र २१ जना महिला रहेका छन । जस मध्ये सडक दुर्घटना, आत्महत्या, हृदयघात  र  क्यान्सर  जस्ता बिबिध कारणले ज्यान  गुमाएका हुन्।  कोरोना भाइरस  कोभिड- १९ को कारण मृत्यु हुने संख्या हाल  सम्म १२ जना रहेको छ। जस मध्ये ९ पुरुष र ३ महिला रहेको नेपाली दुताबास कुबेतका दुर्तीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनु भएको छ। यसै गरि कुबेतका जेलहरुमा ४९ जना नेपालीहरु रहेका छन। लागुऔसध, मदिरा, हत्या लगायात  बिभिन्न  आरोपमा  सेन्ट्रलजेलमा रहेको दुर्तिय सचिव सिलवालले जानकारी दिनु भएको छ ।

बैदेशिक रोजगारीमा कुबेत आएर ज्यान गुमाउनेको संख्या हरेक वर्ष बढ्दो छ यो हप्ता मात्रै कोरोना भाइरस कोभिड-१९ को कारण ४ जना ले ज्यान गुमाएका छन भने १ जनाले झुण्डिएर आत्यमहत्या गरेको बुझिएको छ । कोरोना भाइरस महामारीको रुपमा फैलिदै गर्दा कुबेतमा पनि नेपालीहरु त्यसको चपेटामा परेको भन्दै सजक सचेत रहन भन्दै केहि दिन पहिला नेपाली दुताबास कुबेत, एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतले अनुरोध सहितको बिज्ञप्ति जारी गर्दै सबैलाई सचेत रहन आग्रह गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

बंगालको खाडीमा विकसित भएको चक्रवाती तूफान ‘अर्नब’ को प्रभावका कारण श्रीलंकामा लगातार भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि सरकारले…

अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले केही दिनका लागि त्यस्ता क्षेत्रमा…

काठमाडौँ । साउदी अरब नेपाली श्रमिकका प्रमुख वैदेशिक रोजगारी गन्तव्यहरूमध्ये एक हो। विभिन्न अनुमानमा त्यहाँ झन्डै चार लाख नेपाली कार्यरत…

प्रतिकृयाहरू
...