Monday 29th December 2025

भारतमा कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड, एकैदिन ३ लाख ४५ हजारमा संक्रमण


छिमेकी मुलुक भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा शनिबार लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाखभन्दा बढी भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ। २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै सर्वाधिक हो। यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ। भारतमा यो समाचार तयार पार्दासम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन्।

अझै पनि सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ। यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ ।भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। एक सातका लागि लक डाउन गरिएको दिल्लीमा पछिल्लो २४ घण्टामा थप २४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...