Thursday 19th March 2026

लुलु हाइपर कुवेतका कर्मचारीहरुले लगाए कोरोना विरुद्धको खोप


तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन।

कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ।

लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल सबाह” र स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु जसले खोप प्रक्रियालाई तीव्र पार्नका लागी खटिएका थिए विशेषगरी उनीहरूलाई लुलु परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

लुलु हाइपरले ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न साथै किनमेल गर्ने वातावरणलाई अझ सुरक्षित,बनाउने साथै स्वस्थ र स्वच्छताको सुनिश्चित गर्न प्रतिबद्ध गरेको छ।भने किनमेल गर्न आएका ग्राहकलाई कुनै पनी कुरामा अफ्ठ्यारो महसूस हुन नदिने बताउदै पूर्णरूपमा सुरक्षित सेवा प्रदान गर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

प्रतिकृयाहरू
...