Monday 28th September 2026

कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा


कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र बुझाएका हुन् ।

गत ४ चैतमा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठक बसेको थियो । तीन मन्त्रीले राजीनामा दिएको आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए । ‘हामीले मुख्यमन्त्रीलाई राजीनामा पेस गरेका छौँ,’ उनले भने, ‘संसदीय दलको निर्णयअनुसार नै राजीनामा दिएका हौँ ।’

विभाजनपछि एमालेले गत ५ चैतमा माओवादी केन्दलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियोे ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...