Thursday 1st January 2026

सरकार ढालेर देखाउन गोकुल बाँस्कोटाको चुनौति


नेकपा एमालेका  सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेर देखाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दलहरुलाई चुनौति दिएका छन् ।प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले ओली निकट सांसद बाँस्कोटाले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका हुन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को वैठकमा बोल्दै हुने भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एक दलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने ?’ बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय शुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं ।’

अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए । जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हो ? भन्दै प्रश्न गरेका छन् । चुनाव देख्ना साथ फोबिया हुनेहरुले प्रतिगमनको नारा लगाएको उनले आरोप लगाए ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...