Wednesday 14th January 2026

चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ हुदै


चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– फुटबल २०२१’ को आयोजना हुने भएको हो ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, वैंक तथा वित्तिय परिसंघ, सहकारी अभियान लायन्स क्लवका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालय लगायतको सहभागिता हुने बताइएको छ ।७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्नको लागि सामाजिक दुरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए । खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।

-रातोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे…

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

प्रतिकृयाहरू
...