Wednesday 7th October 2026

कविताः बाँच्ने विद्या – छन्द: मन्दाक्रान्ता -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् ।>🌷🙏🌺

विद्यादेवी अब भुवनमा गर्दछिन् दामकाम
विद्या बेच्ने तरखर गरी गर्दछिन् इन्तजाम
डिग्री दाता झटपट गरी गर्दछ्न् इन्द्रजाल
बेच्ने विद्या वरपर बसी किन्दछिन् मालताल ।१।🌷🙏🌺

धोकेबाजी वरपर गरी हेर्दछिन् मौका मात्र
विद्यार्थीको हरबखतमा हातमा अर्थशास्त्र
शिक्षादीक्षा दलबलसित साधना दोष मात्र
दानापानी खलबल खुबै पर्दछ्न् अलपत्र ।२।🌷🙏🌺

डिग्रीवाला दिनदिन गनी देखिए ज्ञानदाता
बेहोराले अनपढसरि राख्दछिन् जातभात
चोरी विद्या अलमल परी डुल्दछिन् यत्रतत्र
डिग्री नानी अवसर बिना पर्दछिन् अलपत्र ।३।🌷🙏🌺

लक्ष्मीमाता दिनभर गरी भर्दछिन् दानपात्र
वाग्देवीले कुसुस करमा गर्दछिन् ज्ञानमुद्रा
हावादारी अनुरत बनी गर्दछ्न् ध्यान मात्र
ब्रम्हाज्ञानी सरल पदमा कोर्दछ्न् शब्दचित्र ।४।🌷🙏🌺

सच्चा ज्ञानी हरदम जगमा पारखी कर्मवादी
बाँच्ने विद्या हरपलसँगमा बन्दछिन् कर्मचारी
बाँच्ने विद्या जनक जननी बन्दछ्न् शीघ्रगामी
बाँच्ने विद्या सरस रसिली माधुरी जिन्दगानी ।५।🌷🙏🌺

 

हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका💐🌷🌺🌼


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...