Thursday 29th October 2026

साउदीमा श्रमिकले मालिककाे अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने


तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गर्दै प्रवासी र स्वदेशी श्रमिक दुवैलाई बराबरी कानुन बनाएको छ।

हाल साउदीमा रहेका एक करोड विदेशी कामदार यस काफला प्रणालीबाट लाभान्वित हुने बताइएको छ। श्रमिकको हितमा आएको काफला प्रणलीलाई मानव अधिकारवादी संस्थाहरूले भने आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् ।

यद्यपि, उनीहरुका अनुसार काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा अभैँ सुधारको खाँचो रहेको छ ।

न्युज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...