Wednesday 18th March 2026

साउदीमा श्रमिकले मालिककाे अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने


तितोपाटी- साउदीमा रहेका प्रवासी श्रमिकले आइतबार (आजदेखि) मालिकको अनुमतिबिनै आवतजावत र रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन्। साउदी अरबकाे मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेअनुसार नोभेम्बर १ देखि विदेशी कामदारले काम परिवर्तन गर्न मालिकको पूर्वस्वीकृति नचाहिने भनेको छ।साउदी सरकारले काफला प्रणालीअन्तर्गत साउदी अरबले कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गर्दै प्रवासी र स्वदेशी श्रमिक दुवैलाई बराबरी कानुन बनाएको छ।

हाल साउदीमा रहेका एक करोड विदेशी कामदार यस काफला प्रणालीबाट लाभान्वित हुने बताइएको छ। श्रमिकको हितमा आएको काफला प्रणलीलाई मानव अधिकारवादी संस्थाहरूले भने आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् ।

यद्यपि, उनीहरुका अनुसार काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा अभैँ सुधारको खाँचो रहेको छ ।

न्युज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...