Monday 24th August 2026

नेपालले खेल्ने विश्वकप छनोटका बाँकी खेल कुवेतमा


तितोपाटी- फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने भएको छ ।

एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले शुक्रबार नेपालको समूह समूह ‘बी’ का खेलहरु कुवेतमा हुने जनाएको छ ।
कोरोना भाईरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेलहरु न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेलहरु आगामी मे ३१ देखि जुन १५ सम्म हुनेछ ।
छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यस अघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका रहेको थियो ।
नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ ।
समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ ।
चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।
छनोट अन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीन, समूह ‘सी’ को बहराइन, समूह ‘डी’ को साउदी अरेबिया, समूह ‘ई’ को कतार, समूह ‘एफ’ को जापान, समूह ‘जी’ को युएई र समूह ‘एच’ दक्षिण कोरियामा हुनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष बित्दा पनि महिलामाथिका कडा प्रतिबन्धहरू जारी रहेका छन्। महिलाहरूलाई उच्च शिक्षा, धेरैजसो रोजगारी…

बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी कीभ पुगेर युक्रेनप्रति बेलायतको अटल समर्थन पुनः दोहोर्याएका…

प्रतिकृयाहरू
...