Friday 20th March 2026

कविता: शिवको पूजा – छन्द: शार्दूलविक्रीडित -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि)


ॐ नम: शिवाय ।

सूर्याश्वैर्मसजस्तता: सगुरव:, शार्दूलविक्रीडितम् ।🌷🙏🌺

काठमा आगो छ देखिँदैन । दुधमा नौनी छ तर देखिँदैन । तोरिमा भएको तेल बाहिर देखिँदैन । त्यसैगरी हाम्रो आत्मामा बस्ने ईश्वर ज्ञानीले मात्र देख्दछ्न् । मूर्खले अर्ति पनि गालीको रूपमा लिने हुँदा उसले ईश्वरको दर्शन कदापि पाउँदैन । उसको सारा समय आफ्नो स्वार्थ पुरा गर्नमा बित्दछ । आफ्नो मनको भाव जस्तो छ उस्तै बाहिरी संसारमा देख्ने गर्छ हरेक व्यक्तिले । दुष्टले आफू दुष्ट भएको हुँदा हरेक व्यक्तिलाई शंकाले हेर्नु र आफै तर्सिनुको कारण पनि यही हो । आनन्द दिनुमा छ आफूले अरुबाट लिनुमा छैन भनी ज्ञानीहरू भन्ने गर्छ्न् ।

आत्मामा रहने बिभिन्न थरिका सारा कुचेष्ठा सब
दुष्टात्मा जगका कलङ्क मनुवा घाती सखापै गर
पुन्यात्मा गतिला उदार मनुवा रक्षा गरेको निको
शुध्दात्मा अहिले परेर पिरमा सारै दुखेका अहो।🌷🙏🌺

स्वार्थी दानवले यहाँ भुवनमा मान्छे सताए निकै
मान्छे घात गरी इनाम पगरी आफू लगाए खुबै
सारा दुष्टहरू मिलेर जगमा आगो लगाए अनि
यस्ता दुष्टहरू अतीव घटिया बढ्दै गएका पनि ।🌷🙏🌺

ब्रह्माको महिमा अपार गरिमा मान्छौँ सबैले सदा
पूजा विष्णु गरी बयान शिवको सुन्छौँ सबैले कथा
राम्रो भित्र भए सदैव त्यसले तान्यो सुनौला कुरा
राखेमा कपटी कुभाव मनमा मान्छे असत्ती मरा ।🌷🙏🌺

मान्छेले मनमा सदैव गतिला राम्रा कुराले भरौँ
हामी ध्यान गरी इमान मनमा राखी बढाऊँ बरु
देवीको अणिमा अपार महिमा पूजा गरौँ देवता
भन्दैछन् जनले उदात्त मनले दानी बनेका सदा ।🌷🙏🌺

द्यौताले अणिमा अपार महिमा बाँडी डुलेका सदा
द्यौताको लघिमा विवेक वशिता प्राकाम्य पाए यता
यस्तो प्राप्ति हुँदा अपार सुखमा हामी हुनेछौँ सदा
हामीले शिवको सदैव मनितो राखे बढिन् ईशिता ।🌷🙏🌺

-हरि शर्मा (सुवेदी)- गलकोटे कवि
मिशिगन, अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...