Saturday 12th July 2025

विश्वासको मत नलिने, अविश्वासको प्रस्ताव आए सामना गर्ने


प्रधानमन्त्री केपी शर्मा ओली आफैंले संसदमा विश्वासको मत नलिने भएका छन् । विधि र पद्धतिअनुसार अविश्वासको प्रस्ताव आए सामना गर्ने उनले बताए ।प्रधानमन्त्री ओलीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक भोलि २३ गते बोलाइएको छ । त्यसको अघिल्लो दिन ओली समूहले प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको थियो, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ११५ सांसद सहभागी भएको राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईको दाबी छ ।

प्रचण्ड–माधव समूहले पनि संसदीय दलका बहुमत भएको दाबी गरेको छ भने बामदेव गौतमसहित केही सांसद दुवैतिर लागेका छैनन् ।आफ्नो समूहका सांसदहरुको बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आए सामना गर्ने बताए । आफूसँग बहुमत रहेको भन्दै उनले भने, ‘संसदमा अविश्वासको प्रस्ताव आयो भने डटेर सामना गर्छौं र जित हाम्रै हुन्छ ।’

राष्ट्रियसभा सदस्य सुमन प्याकरेलका अनुसार प्रधानमन्त्री आफैंले संसदमा विश्वासको मत लिने सम्भावना छैन । ‘संसद विघटन गर्दा उहाँले जुन प्रश्न उठाउनु भएको थियो, त्यो ठीक थियो भन्ने पुष्टि भएको छ,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्री आफैंले विश्वासको मत लिने भन्ने प्रश्नै आउँदैन ।’

नेकपा कानूनी रुपमा एक रहँदासम्म प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याउनै नसक्ने ओली समूहको दाबी छ । नेकपा संसदीय दलको विधानअनुसार दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आएमा भने त्यसको सामना गर्ने सांसद प्याकुरेलले बताए ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

तितोपाटी-निलम्बित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर् अभियान शुरु भएको छ । चर्चित  भुटानी…

तितोपाटी-काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। शुक्रबार बैठकमा  मेयर बालेन शाहले शुरु गर्दै…

तितोपाटी- हालै मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले…

प्रतिकृयाहरू
...