Tuesday 30th June 2026

बदर विशेष स्वास्थ्य कार्ड कुवेत मल्याली एसोसिएशनका कार्यकारीहरूलाइ वितरण गरियो


तीतोपाटी – अत्याधुनिक प्रविधिबाट विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत मल्याली एसोसिएशन (KMA) का पदाधिकारीहरू एवं सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले KMA का पदाधिकारीहरूलाइ विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका मार्केटिङ कोअर्डिनेटर श्रीमती प्रिमा साथै KMA का कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल सेन्टरले मेडिकल सेन्टरसँग सहकार्य गर्न संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूलाइ निःशुल्क रूपमा वितरण गर्दै आएको छ । यो बदर विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा बदर अल समा मेडिकल सेन्टरले छुटको ब्यवस्था गरेको छ ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK), केरला प्रवासी संघ (KKPA), कबायन हाइपरमार्केट कुवेतका पदाधिकारीहरू तथा सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

१५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको…

कराची मा शनिबार राति भएको आक्रमणपछि पाकिस्तानी रेंजर्सको सिंध क्याम्पमा तीन सुरक्षाकर्मीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (ISPR)…

अर्थमन्त्री  स्वर्णिम वाग्ले ले भारत र चीनबाट प्राप्त हुने द्विपक्षीय ऋण World Bank र Asian Development Bank (एडीबी) को सहुलियतपूर्ण…

प्रतिकृयाहरू
...