Thursday 1st January 2026

बदर विशेष स्वास्थ्य कार्ड कुवेत मल्याली एसोसिएशनका कार्यकारीहरूलाइ वितरण गरियो


तीतोपाटी – अत्याधुनिक प्रविधिबाट विभिन्न प्रकारका स्वास्थ्य सेवाहरू दिंदै कुवेतमा चर्चामा आएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले अस्पतालसँग सहकार्य गर्ने कुवेत मल्याली एसोसिएशन (KMA) का पदाधिकारीहरू एवं सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको छ । बदर अल समा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा मेडिकल सेन्टरका शाखा प्रवन्धक श्री अब्दुल रजाकले KMA का पदाधिकारीहरूलाइ विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् ।

उक्त विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका मार्केटिङ कोअर्डिनेटर श्रीमती प्रिमा साथै KMA का कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो ।

ब्यक्तिगत रूपमा लिनु पर्दा वार्षिक १० केडि मुल्य पर्ने उक्त विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल सेन्टरले मेडिकल सेन्टरसँग सहकार्य गर्न संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूलाइ निःशुल्क रूपमा वितरण गर्दै आएको छ । यो बदर विशेष स्वास्थ्य कार्ड साथमा भए पछि अस्पतालबाट दिइने विभिन्न सेवाहरूमा विशेष छुट पाउन सकिन्छ । यो कार्ड हुने जो कसैलाइ पनि डक्टर परामर्श, Xrays, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा बदर अल समा मेडिकल सेन्टरले छुटको ब्यवस्था गरेको छ ।

स्मरण रहोस, बदर अल समा मेडिकल सेन्टर फरवानियाले यस अघि पनि टुलुकुटा कुवेत (TKK), केरला प्रवासी संघ (KKPA), कबायन हाइपरमार्केट कुवेतका पदाधिकारीहरू तथा सदस्यहरूलाइ बदर विशेष स्वास्थ्य कार्ड वितरण गरेको थियो । बदर अल समा मेडिकल सेन्टरले आफु सँग विभिन्न किसिमले सहकार्य गर्ने जुनसुकै संघ संस्था वा कम्पनी विशेषलाइ सो विशेष स्वास्थ्य कार्ड वितरण गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...