Sunday 1st November 2026

अदालतले सही फैसला गर्छ: प्रचण्ड


तितोपाटी- नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै प्रचण्डले ५ पुसपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको भन्दैै यो शान्तिपूर्ण युद्ध हो, अदालतले सही फैसला गर्नेमा विश्वस्त रहेको बताए ।

धेरै मेहनत गरेर पार्टी एकता गरे पनि प्रधानमन्त्री ओलीले विघटन र विसर्जतिर लैजान खोजेको ‘प्रचण्ड’ले आरोप लगाए । उपलब्धी अपहरण गर्ने अपहरणकारीहरुले राज्यको शक्ति प्रयोग गरेर दमन गर्न खोजे पनि आफूहरु त्यसविरुद्ध पुस ५ गतेदेखि देशव्यापी युद्धमा रहेको उनले बताए।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...